Home नेपाल तथा विश्व समाचार डोल्मालाई फाँसी नहुने

डोल्मालाई फाँसी नहुने

E-mail Print PDF
AddThis Social Bookmark Button

दोहा, एक फिलिपिनो कामदारको हत्या अभियोगमा कुवेती तल्लो तथा पुनरावेदन अदालतबाट फाँसी सुनाएपनि सम्बन्धित पीडित परिवारले ब्लड-मनी स्वीकार गरेको पत्र आएकाले डोल्मा शेर्पाले मृत्युदण्डको सजाय नपाउने भएकी छिन् । 'पुनरावेदन अदालतले मंगलबार गरेको निर्णयमा नेपाली चेली डोल्मा शेर्पा फाँसीमुक्त भएकी छिन्,' साउदी अरेबियाको रियादस्थित नेपाली नियोगका राजदूत हमिद अन्सारीले कान्तिपुरसूग फोनमा भने, 'अब उनको जेल सजाय मिनाहा गर्नमा पनि पहल थालिनेछ ।'

डोल्माको जीवनरक्षामा पहल गर्ने सम्पूर्ण नेपाली र सरोकारवाला संघसंस्थालाई रियाद नियोगका तर्फबाट कृतज्ञता जनाउँदै राजदूत अन्सारीले डोल्माले अब पाउने जेल सजायको अवधि पनि छिट्टै तय हुने जानकारी दिए ।

एक फिलिपिनो घरेलु कामदार सहकर्मीको हत्या गरेको अभियोग पुष्टि भएर २० महिनादेखि जेल सजाय बेहोरिरहेकी डोल्माका तर्फबाट नेपाल सरकारले १० हजार डलरको ब्लड-मनी पीडित परिवारलाई बुझाएपछि उनको मृत्युदण्डको सजाय फिर्ता भएको हो । डोल्माको मुद्दा हेर्नलाई रियाद नियोगले कुवेतस्थित वकिल अल तारिक अल खर्जलाई नियुक्त गरेको थियो ।

स्रोत: कान्तिपुर ( कतार संस्करण )

 

Latest News