Home नेपाल तथा विश्व समाचार हिमाल घटनाको बास्‍तबिकता

हिमाल घटनाको बास्‍तबिकता

E-mail Print PDF
AddThis Social Bookmark Button
1) हिमाल मिडियामा कार्यरत कर्मचारी/मजदुरहरूले गत भदौ १७ गते अखिल नेपाल छापाखाना तथा प्रकाशन मजदुर सङ्घको इकाई गठन गरेपछि विवाद सुरु भएको थियो ।
 
2) मजदुरहरूले अधिकारका लागि सङ्गठित हुनेबित्तिकै हिमाल मिडियाले कम्पनी घाटामा गएको भन्दै कर्मचारी कटौतीको निर्णय गरी सङ्गठनमा आबद्ध १६ जना मजदुरलाई निष्काशन गरेको थियो ।
 
3) सङ्गठनमा आबद्ध भएकै कारण इकाईका अध्यक्ष दीपक सङ्ग्रौला र अर्का कर्मचारी आशिष खड्कालाई हिमाल मिडियाले कात्तिक २७ गते एक सूचनाका भरमा निष्काशन गर्ने प्रयास गरेको थियो ।
 
4) दुवैजनालाई सरुवा गर्न नपाइने व्योहोराको पत्र श्रम कार्यालयले कात्तिक २४ गते हिमाल मिडियामा पठाएको ३ दिन नबित्दै मजदुरहरूलाई निष्काशनको प्रयास गरिएको थियो । टे्रड युनियन गठन गरेपछि कम्पनी घाटामा गएको बहाना बनाउँदै कम्पनीका कर्मचारी कटौतीको लागि अनुमति माग्दै प्रेस रजिष्ट्रारकहाँ निवेदन दिएको जनाइए पनि निवेदनविपरीत बजार शाखामा नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन गरिएको थियो ।
 
5) उद्योगधन्दा र व्यवसायका रूपमा सञ्चालन गरिएका निजी सञ्चारमाध्यमहरूमा कर्मचारीहरूले कानुनसम्मत न्यूनतम सेवा सुविधा माग गर्नासाथ प्रेस स्वतन्त्रतामाथि नै हस्तक्षेप भएको गलत हौवा पिटेर प्रेसको शक्तिको दुरुपयोग गर्नसमेत मिडिया पछि नपरेको तथ्य कान्तिपुर, आप्का हाउस, समाचारपत्र, इसीआर एफएम, एचबीसी एफएमलगायतका सञ्चारमाध्यममा भएको आन्दोलनले सावित गरिसकेका छन्।

6) मजदुरहरूको सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने श्रम ऐन २०४८ प्रदत्त अधिकार साथै श्रमजीवी पत्रकार ऐन पहिलो संशोधन २०६४ को दफा ३४ क मा उल्लेखित पत्रकार मजदुरहरूको टे्रड युनियन अधिकारलाई नेपालका सञ्चारमाध्यमका व्यवस्थापनले कुण्ठित गर्ने प्रयासलाई संस्थागत गर्न खोज्दा बेलाबेलामा प्रतिष्ठित भनिएका सञ्चारमाध्यमहरू विवाद र बद्नाम हुँदै आएका छन् ।

7) छलफल चलिरहेको बेला व्यवस्थापन पक्षले पहिले नै बोलाएर राखेका युवाहरूले एकजना मजदुर प्रतिनिधिलाई 'जहिले पनि माओवादीकै माग पूरा गर्नुपर्ने, गरिन्न के गर्छौ गर' भन्दै हातपात गरेका थिए । हिमाल खबर पत्रिकाको व्यवस्थापनले वार्ता गर्न बोलाएका आफ्ना मजदुरहरूमाथि उल्टै गुन्डाहरू बोलाएर आक्रमण गरेको दाबी । 'वार्ता गर्न बोलाएर मजदुरहरू त्यहाँ गएका थिए । तर, एक्कासि गुन्डाहरू लगाएर मजदुरहरूमाथि आक्रमण गरियो–'हिमाल मिडियाले वर्षौंदेखि काम गरिरहेका स्थायी कर्मचारीहरू विनाकारण निकाल्दा चुप लाग्ने दलहरूले मजदुरहरूको पक्षमा कुरा उठ्दा माओवादीले आक्रमण गर्‍यो भनेर आरोप लगाउनु कहाँको जायज कुरा हो,??????
 

Latest News