बागलुङ जिल्लाको भीमगिठेमा जीप दुर्घटनामा पर्दा १४ जनाको घटनास्थलमै मृत्यु

Print
AddThis Social Bookmark Button

३ डिसेम्वर २०१९, गुल्मीबाट हिँडेको एउटा यात्रुवाहक जीप बागलुङ जिल्लाको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । जीपमा चढेका यात्रुहरू कुलपूजाका लागि बागलुङको निसीखोलातिर गइरहेको बताइएको छ। जीपमा १८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झविन्द्र प्रसाद भट्टराईअनुसार बडीगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो।जीप मध्यपहाडी लोकमार्गबाट बडीगाड खोलामा खसेको छ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपूजाको लागि निसीखोलाको बायोखोला जाँदै गरेका गुल्मीका नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो।प्रहरीका अनुसार एक व्यक्ति हराइरहेका छन्।उद्धार कार्य जारी रहेको बागलुङस्थित बीबीसी संवाददाता रबिना बोहराले बताइन्।दुर्घटनामा परेका तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तीवाङ पठाइएको छ।