HongKongNepali.com, The Next Media

Thursday
Aug 28th
Home

मौसमी समाचार (ब्यङ्य):रेष्टुरेन्ट मालिकको नयाँ ब्यापरिक काईदा तेस्मा फाईदै फाईदा

E-mail Print PDF
AddThis Social Bookmark Button

११ नोभेम्वर २०११, हङकङ
समाचार सङ्कलन : मगर कान्छा

१- रेष्टुरेन्ट मालिकको नयाँ ब्यापरिक काईदा तेस्मा फाईदै फाईदा


हङकङका नेपाली बाट सन्चालित एक नाम चलेको नेपाली रेष्टुरेन्टका मालिकले रेष्टुरेन्ट ब्यापारको साथ साथमा छोटो समयमै राम्रो आर्थिक मुनाफा गर्ने आईडीको ब्यापार गर्ने कुरा समन्धित  पिडित पक्ष बाट मौसमी समाचारको लागि आफू ठगिएको सिकायत गरेका छन् । उक्त रेष्टुरेन्टका मालिकलाई बजारमा चलेको डिपेण्डेन्ट आइडीको मोल बराबरको रकम हस्तान्तरण गरेको तर महिनौ हुँदा सम्म पनि आइडीको प्रोसेस गर्न कानमा तेल हालेर बसेको गुनासो मगर कान्छालाई एक भेटमा बताएका थिए ।


बारम्बार फोन गरेर आइडीको प्रोसेस शुरु गर्न अनुरोध गर्दा पहिले श्रीमती सँग डीभोर्स गरे पछि मात्र तिमी सँग डीपेन्डेण्ट आईडीको लागि चाहिने मुख्य हतियार "कोर्ट म्यारिज" गर्ने भनेर अस्वासन दिएको पनि महिनौ भयो । मैले रिन झिकेर ब्याज तिरेको महिनौ भै सक्यो बरु आईडी चाहिएन मेरो पैसा फिर्ता गरिदिनोस भन्दा,हुन्छ फिर्ता गरिदिन्छु भन्दै भाका नाघेको अहिले छ महिना भन्दा धेरै भै सक्यो । अब पनि दिएन भने बरु म त नेपाली  डनहरुलाई पाँच, दश हजार डलरको माया मारेर भने पनि पैसा उठाउने निर्णय गरेको छु । त्यो नेपाली भाईहरुले धम्काएर पैसा उठाउन नसक्ने म जस्तै धेरै जनाको पैसा फिर्ता गरिदेको सुनेको छु । तेसले मलाई महिला भनेर हेपेको होला मेरो पैसा म तेसै कहाँ खान दिन्छु ?


तेसले त मलाई जस्तै अरुलाई पनि डिपेन्डेण्ट आईडी दिन्छु भन्दै पैसा लिदै रेष्टुरेण्टमा लगानी गरेको छ होला भन्दै मगर कान्छालाई पनि उक्त रेष्टुरेन्ट मालिकको ब्यापारको बारेमा अरु नयाँ कुरा बुझ्न अनुरोध गरेका थिए । होईन अरुलाई झुक्काएर ठगेर खाएको पैसाले के आत्म सन्तुस्ती मिल्ला ?

 

२- बाईस(२२ ) बर्ष सम्मको लामो बैबाहिक जीवन धरापमा


युके जाने नेपाली महिलाहरुले सामान्य अङ्ग्रेजी बोल्न जानेको खन्डमा नजान्नेहरुको तुलनामा अती उत्तम हुने कुरा एउटा दम्पती बीचको घर झगडा बाट उजागर भएको छ । उक्त कुरा मौसमी समाचारको लागि युके बाट मगर कान्छालाई फोन संपर्क गरेर मौसमी समाचारका एक पाठकले जानकारी गराएका छन् । २२ बर्षको लामो समय सम्म बैबाहिक जीवन पार गरि सकेका उक्त दम्पती हङकङमा करिव १० बर्ष बसेर युके पुगेको करिव ६ बर्ष भईसकेका रहेछन्  । युके बिशेष गरेर नारी प्रधान देश भएको हुनाले पुरुष भन्दा नारी माथी गरिएको भेदभाव महँगो सवित हुने जानकारी बेला बेलामा हामी सुन्ने गर्दछौं ।

उक्त दम्पती बीच एक दिन घर झगडा हुँदा श्रीमानले श्रीमती माथी आवेसमा आएर सामान्य कुटपिट गर्दा आफूलाई अङग्रेजी बोल्न नआउने हुनाले आफ्नी दिदिको छोरा(भतिज)लाई फोन गरेर बाबु मलाई तेरो अङ्कलले कुत्यो प्लिज पुलिस बोलाई देउ भनेकी रहेछिन् । तेसको केही समय पछि पुलिस आएर श्रीमती माथी आवेसमा आएर सामान्य कुटपिट गरेका श्रीमानलाई पुलिसले पक्राउ गरेर हिरासतमा राखेको रहेछ । सामान्य घर झगडालाई युके महिलाहरुको बिशेष अधिकार भएको देश हो,याहाँ महिला माथी भएको भेदभाव अथवा घरेलु हिंसालाई कनुनले बर्जित गरेको छ भन्ने भनाईलाई उक्त महिलाले सदुपयोग गरिन् अथवा दुरुपयोग गरिन् तर श्रीमान श्रीमती बीच भएको झगडाले पुलिस केश भए पछी   श्रीमान श्रीमती बीच एउटै घरमा एक बर्ष देखि एकै साथ बसिरहे पनि अहिले सम्म बोलचाल नभएको कुरा जानकारीमा आएको छ । उक्त श्रीमान श्रीमतीले हाल सम्म आफ्नै-आफ्नै खान पकाएर खाने गरेको कुरा पनि फोन संपर्कमा जानकारी गराएका थिए ।

आफ्नै सादुदाईको छोराले पुलिस बोलाउनु भन्दा पहिले, अङ्कल तपाईहरुको झगडा के भएको हो ? तेस्को अन्तीले पुलिस बोलाइदेउ भन्यो भन्दैमा कम्सेकम पुलिस बोलाउनु भन्दा पहिले मलाई त फोन गर्नु पर्ने थियो भन्दै उक्त पुरुषले आफ्ना साथीहरु सँग गुनासो गर्ने गरेका बताउछन् ।

तपाईहरु मध्य आफ्नो श्रीमती माथी आवेसमा आउँदा   हातपात गर्ने आदत छन् भने एक पटक हातपात गर्नु भन्दा पहिले होस् गर्नुहोस् है ! महिलाहरुले पनि जसलाई अङ्रेजी बोल्न आउदैनन् उनीहरुले बरु आफ्नो साथी भाईत था छिमेकीको फोन नम्बर सेभ गर्न नभुल्नु होला फेरि आफ्नो श्रीमानले आफुमाथी हमला गरेको खन्डमा तुरुन्त  पुलिस बोलाईदेउ भन्न सजिलो हुने छ । की कसो हो ?


३- एक बस्दिन----दुई बस्दिन----तीन बस्दिन-----बस्दिन भने पछि,म बस्दै बस्दिन--------!

 

मान्छेको जवानी एक पटक सबैको आउँछ । वैश आउँदा जवानी उम्लन्छ । प्रयाप्त मात्रामा उम्लियो भने त्यो भाँडा बाट पोखिएर जाँदैन तर अत्याधिक मात्रमा उम्लियो भने त्यो आखिर पोखिएर जान्छ । हो तेही पोखिएर जाने वैंशलाई पोखिन नदिन हङकङको कुनै एक संस्थाले कुनै एक दम्पती बीचको घर झगडा जिल्लाबासीको नाताले मिलाउन खोज्दा उक्त दम्पती बीच श्रीमतीले बोलेको सम्बाद रहेछ यो एक बस्दिन----दुई बस्दिन----तिन बस्दिन----बस्दिन भने पछि,म बस्दै बस्दिन----- भन्नुको कारण किन रहेछ भने उक्त दम्पती मध्य श्रीमतीको बाहिर अर्कै बोईफ्रेन्ड सँग हिमचीम बढिरहेको रहेछ । त्यो कुरा एक कान दुई कान हुँदै सबै साथीहरु माझ फलनाको श्रीमती फलना  सँग हिड्ने गर्दो रहेछ भन्ने हल्ला समन्धित ब्यक्ति सम्म आइसकेको हुनाले केही संघ सस्थाका नेताहरुले तेत्रो दुई भाइ छोरा जन्माइ सकेर पनि त्यो (बहिनीले अथवा फलनाको श्रीमती)ले किन लत्ता छोड्यो ?

सके हामी साथी भाई मिलेर सम्झाएर हुन्छ भने सम्झाई बुझाई गरौ भनि उक्त दम्पतीका श्रीमानलाई साथीहरुले तिमीहरु मिलेर बस्नु पर्छ यत्रो बर्ष त मिलेरै बसेको थियौ अब ६, ७ बर्ष पछी त छोराको पनि बिहे गर्दा हुने बेला यसरी छुट्टिनु राम्रो हुदैन भनेका रहेछन् । श्रीमानले पनि मैले त एक पटकलाई माफी भयो अब यसरी नहिड छोराहरुले थाहा पायो भने पछि नराम्रो हुन्छ भनेकै हुँ भनेर भनेका रहेछन् । कतै मिलाउन सकिन्छ की भनेर ती नेताहरुले एक दिन उक्त दम्पतीकै घरमा गएर सम्झाउँदा एक बस्दिन----दुई बस्दिन----तीन बस्दिन-----बस्दिन भने पछि,म बस्दै बस्दिन भनेर भनेकी रहेछिन् । तेस्को केही दिन पछी आफ्नो सबै समान लिएर आफ्नो बुढोलाई छोडेर बोईफ्रेन्ड सँग  पोइला गएकी उक्त महिलाको बोईफ्रेन्ड लागुपदार्थको कुलतमा फसेको(एडिक) ले पनि एक दुई बर्ष संगै बसेर छोडेको समाचार मौसमी समाचारको लागि प्राप्त भएको छ । पोइला गैसके पछी उस्को  भावी जीवन् न त शुखमय भयो न त पुरानो बुढो सँग फर्केर आउन मिल्यो ! बुढी मरेको अथवा बुढीले छोडेको कसैले उक्त महिलालाई आँट्ने हो ?

 
Comments (1)
sabai thagai thag
1 Monday, 31 March 2014 12:02
Chandra Tamang
Mero pani Bikram Lingden bhanne manche Dharan ko le paisa khayera bhagyo. Saala Adik rahecha ki kyaho. Patalo ago barna gahu goro cha yo Bikram Lingden bhanne manche. Sikkim ko Nepali le malai Thageko. Afno nepali tyai mathi pani sathi ko Daju bhanera biswas gareko ta tyai manche pani dalal rahecha. yadi kasai le yo manche lai chinnu huncha bhane yesai tread ma reply garnu hola. Dhanyabad

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)