HongKongNepali.com, The Next Media

Sunday
Oct 26th
Home

मौसमी समाचार (ब्यङ्य): हङकङका माओवादीहरुको "मुखमा मास्क लगाएर टाउकोमा घनले हान्ने " रणनिती

E-mail Print PDF
AddThis Social Bookmark Button
समाचार सङ्कलन : मगर कान्छा
१० मार्च २०११

हङकङका माओवादीहरु कतै "मुखमा मास्क लगाएर टाउकोमा घनले हान्ने " रणनितीले लडेका त हैनन् ? 
हङकङका बिहे भैसकेका महिला तथा पुरुषहरु शर्त सहितको माया गर्न माहिर
माता सितादेवी पालुङ्वालाई कतै मार्कसिक्स त परेन ?

हङकङका माओबादीहरु कतै "मुखमा मास्क लगाएर टाउकोमा घनले ठोक्ने" रणनितीले लडेका त हैनन् ? 
 
एनेकपा माओबादीका नेताहरु हङकङमा आउँदा टिका लगाउनेहरुको लहर रहरै लाग्ने गरेर चल्ने गर्छ। यो बर्ष पनि कृष्ण महरा अथवा देब गुरुङ हङकङ आउने चर्चा चलेको छ। तेही कृष्ण महरा र प्रचन्डको हात बाट टिका लगाएर पार्टी प्रवेस गर्नेहरु अहिले कुनै एनेकपा माओवादी हङकङ समितिको बहुमत वला अर्थात प्रचन्ड खेमामा परेका छन् भने कुनै अल्पमत वाला अर्थात बैध्य खेमामा परेका छन्। यो पटक पनि फेरि टिका लगाएर एमाओबादी प्रवेस गरे भने अर्को साल एनेकपा माओबादी हङकङमा भट्टराई खेमा देखा पर्ने मगर कान्छाले अनुमान छ।
 
आज भोलि मिडियाहरुमा एक पक्षले अर्को पक्षलाई निस्कान गरागर गर्ने खेल निक्कै रोचक छ भने अल्पमत र बहुमत अनी बैधानिक र अबैधानिक भनेर एक ले अर्कालाई दोष लगाउने खेल पनि तिब्र भाईरहेको देखिन्छ। त्यो खेललाई नेपाल बाट आउने कृष्ण महरा अथवा देब गुरुङले कसरी खेलको अन्त्य गराउने हो त्यो पनि धेरैको चसोको बिषय बनेको छ। नेपालको तत्कालिन शाहीसेनालाई जनमुक्ती शेनाले दुस्मन भनेर भन्ने गर्दथे। अहिले हङकङका दुई धारका माओवादीहरुले एकले अर्कालाई दुस्मन कै ब्यहोरा प्रस्तुत गरेका छन्।

कमरेडहरुले प्रेश बिज्ञाप्ती तिर, कतै अफ्नो लेख तिर निक्कै तल झरेर राक्षस, पाखण्डी, दलाल भनेर गाली सम्म गरेका छन् नेपालमा जनमुक्ती शेनाले तत्कालिन शाहीशेना सँग "छातीमा टेकेर टाउकोमा हान्ने" राणनिती लिएर लढेका थिए। हङकङका माओवादीहरुको अल्पमत गुट र बहुमत गुटका साथीहरुको राणनिती कतै "मुखमा मास्क लगाएर टाउकोमा घनले ठोक्ने" रणनितीले लडेका त हैनन् ?

 
हङकङका बिहे भैसकेका महिला तथा पुरुषहरु शर्त सहितको माया गर्न माहिर

शर्त सहितको माया गर्नेहरुको भिडमा बुढो मामा देखी भान्जाहरुको धेरै काहानीहरु बजारमा सुनिन्छ। सुनेका मध्य एउटा काहानी जो निरन्तर ३५ ओटा प्रेम पत्र लेखेर एउटा पत्रको पनि जवाफ नआउँदा निरास भएर अन्तिम प्रेम पत्रले मन जितेर बिहे गर्ने एक जना लेङ्चाई जस्को श्रीमती बाल बच्चा हाल नेपालमा छन्। तर उक्त लेङ्चाईले यहाँ हङकङमा केही महिना अगाडी फिलिपिनी बिहे गरेको छ रे भनेको मगर कान्छाले पनि सुनेको हुनाले साँचिकै फिलिपिनी बिहे गरेको हो ? भनेर एक भेटमा मैले प्रश्न गर्दा मन्दिरमा गएर सिन्दुर मात्र हालेको तर बिहे गरे पछि कहीले फिलिपिन्समा बाबा बिरामी, कहीले आमा बिरामी, कहीले दिदि बिरामी छ भनेर पैसा मात्र माग्ने हुनाले अहिले उक्त फिलिपिनीलाई स्याक गरिसकेको कुरा अवगत गराएका थिए। त्यो सँग जिन्दगी बिताउने त होईन त्यसै सिन्दुर मात्र हालेको हुँ भनेर भनेका थिए। यस्तै त होलान् हङकङमा शर्त सहित को माया गर्ने की कसो हो ? 

 
माता सितादेवी पालुङ्वालाई कतै मार्कसिक्स त परेन ?

हङकङमा जोर्डनको प्राय जस्तो सुरक्षागार्ड नभएका बिल्डिङहरुको भर्याङ्हरुमा राखिएका चिठ्ठि राख्ने बक्सहरुमा धरान-१५ बस्ने (माता) सितादेवी पालुङ्वाको नाममा धार्मिक भ्रम फैलाउने खाल्का नकरात्मक सन्देशयुक्त फिँजाईएका पर्चामा पशुपतिनाथको मन्दिरमा आश्चर्यचकित चमत्कार भन्ने शिर्सकमा समाजमा भ्रम फैलाउने खाल्का पर्चा प्रसस्त मात्रामा देखिएको छ।

उक्त मन्दिरमा पुजारीले पुजा गरि रहँदा अचानक सर्प निस्कदा पुजारी डराएर चिच्याउन थाले पछि त्यो सर्पले कन्याको रुप धारण गरेर 'डराउनु पर्दैन, मैले जे कुरा भन्छु ध्यान दिएर सुन्नु। म केही दिनपछी यो धर्तीमा जन्म लिनेछु र जस्ले धर्मको नाश गर्छ तिनीहरुलाई नाश गर्नेछु। जस्ले मेरो नाममा १००० प्रति पर्चा छपाएर बाँड्छ उस्को मनोकामना २५ दिन पछि पूरा हुनेछ। जस्ले आजभोली भनेर दिन बिताउँछ उसलाई नोक्सान हुनेछ' भनेको र यो खबर सुनेर मुम्बईमा बस्नेले १००० प्रति छपाएर बितरण गर्दा उसलाई ३२ लाखको चिठ्ठा पर्यो। एक जना रिक्सा चालकले ६५० छपाएर बितरण गर्दा सुनको कलश भेट्टायो कसै कसैले यो झुठो भनेर सम्झदा तेस्को केही दिन पछि उस्को छोरा मरेको कसैले पर्चा पढेर छपाउन भनेर सोच्दासोच्दै ब्यापारमा घाटा भएको र उस्को श्रीमती मरेको। तर साँचो सम्झेर पर्चा छपाउदै बितरण गरेकाहरुलाई कसैलाई रोजगार मिलेको कसैलाई ठेक्का पट्टाको काम मिलेको लेखिएका छन्। 

होईन (माता) सितादेवी पालुङ्वाले त हङकङमा माता उत्रेको छ रे भन्ने हल्ला सुनेर हङकङका नेपाली दिदि बहिनीहरु जोखना हेर्न जान्छन्। कसै कसैले छोरा छोरीले गिलो हग्दा पनि कसैको आँखा लाग्यो की भनेर फुकाउन लान्छन्। हैन (माता) सितादेवी पालुङ्वाको नामको यो पर्चा पढे कतै हङकङ जक्की क्लवले आयोजना गर्ने चिठ्ठा (मार्कसिक्स) त परेन ? कतै पर्छ कि भनेर छपाउनु भयो होला होईन ?
 
Comments (1)
Very good!
1 Thursday, 08 September 2011 23:19
Rabin Rai
Magar Kaancha ji ko mausami samachar nikkai manoranjanatmak ra satik chha hai! KIU!

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)