HongKongNepali.com, The Next Media

Tuesday
May 22nd
Home

मौसमी समाचार (ब्यङ्य) : नानुले मुर्गा बनाएछ!

E-mail Print PDF
AddThis Social Bookmark Button
१) गणेश पुर्वाछानेलाई नानुले मुर्गा बनाएछ 
२) होईन यो स्पाको काम कत्तिको सम्मानित काम हो ? 
३) आफ्नो जातको पहिचान जोगाउन अन्तरजातिय बिहे गर्नु भन्दा स्वजातिय बिहे गर्नु बेश 
४) नम्वरी हो त्यो काले हप्सी हाम्रै पल्नटको ७५ को ज्वाई हो

गणेश पुर्वाछानेलाई नानुले मुर्गा बनाएछ
 
तनहुँ बाराही साँझ दोश्रोको लागि नेपाल बाट हङकङ आएकी एक नर्तकीले हङकङमा बस्ने गणेश पुर्वाछाने मगरलाई एक बर्ष अगाडि देखि नक्कली प्रेमीका बनेर झन्डै हङकङ डलर १४ हजार झ्वाम पारेको समाचार बजारमा निस्केर पनि बासी भै सकेको छ तर गणेशले भने खुट्टा भए जुत्ता कति हो कति भन्दा भन्दै आफैले सानो साइजको जुत्ता भनेर रोजेको त अर्कैको लगाको जुत्ता परेछ भन्दै हिडेका छन्। जुत्ता अर्कैको कसरी रोज्न पुगेछन् भने हङकङमा रहँदा सम्म नानु नानु भनेर गणेश पिछा गर्ने नानु भने गणेश देखि पर पर भाग्ने गर्दा गणेशको मनमा चिसो अवस्य परेको थियो होला जब नानुको भिसा सकिएर नेपाल फर्के तेही दिन अब त नानु काठमाण्डौ एयरपोर्ट बाट बाहिर निस्की सक्यो होला भनि नानुलाई फोन गर्दा नानुले गणेशलाई के भनेछन ? प्लिज मेरो बोईफ्रेन्ड मलाई लिन बाहिर आउनु भएको छ अब देखि मलाई फोन नगर्नु होला मैले त केवल हङकङ घुम्ने उदेश्यले मात्र तपाई सँग नक्कली प्रेमको नाटक गरेको हुँ त्येत्रो पैसा खर्चेर मलाई हङकङ सम्म बोलाएर घुमाउनु भयो तेस्को लागि मुरी मुरी धन्यबाद भनेर फोन राख्दा गणेश को मन मा के के कुराहरु खेले होलान्। यो नक्कली माया लाउने कुराहरु सुन्दा मगर कान्छालाई सपना श्रीले गाएको एउटा गीतको याद् आयो "हेरेको तिमीलाई आँखाले होईन मनले हो मनले हो बोलाको तिमीलाई मुखले होईन मायाले हो मायाले हो" भने जस्तो गणेश पुर्वाछानेले पनि नानुलाई हेर्दै नहेरी भेट्दै नभेटी छुदै नछोई माया लगाँउदा गम्भिर भुल गरेछ। अव अर्को सँग माया लगाउँदा भने छोएरै अनुभव गरेरै हेरेर अनी भेटेर माया लगाउनु पर्छ है। मौसमी समाचारको श्रोताहरुलाई भने कस्तो लाग्छ तपाईको राय गणेश र नानुलाई नदिने ? 
 
होईन यो स्पाको काम कत्तिको सम्मानित काम हो ?
 
हङकङका नेपाली युवतीहरु आज भोली आकर्शक तलव पाउने हुनाले स्पाको काम जतिनै खर्चिलो भए पनि ३० औ ४० औ हजार डलर खर्चेर भए पनि सिक्न पछि पर्दैनन्। यो काम सिके पछि ५ तारे होटेल तिर छिर्न सक्यो भने त १४ हजार डलर देखि १९,२० हजार डलर सम्म तलव पाउन सकिन्छ भन्ने सुनेको हुनाले मलाई निक्कै कौतुहल जागेकोले एक दिन ५ तारे होटेल मै काम गर्ने एक जना मित्र सँग होईन यो स्पाको काम कत्तिको सम्मानित काम हो ? भनेर सोधेको थिए उक्त मित्र ले के जवाफ दिए भने काठमाण्डौमा मसाजको नाममा ससाज को ब्यापार फस्ताए जस्तै यो हङकङ जस्तो ठाउँमा तारे होटेलको ग्राहकहरुलाई खुशि पार्ने शर्भिस दिँदा दिँदा कतिन्जेल अफुलाई सम्हाल्न सकिन्छ होला र आगोको छेउमा नौनी तेसै पग्ली हाल्छ नी होईन ? भनेर मलाई प्रतिप्रश्न गरेका थिए र उक्त साथीले म त यस्तो काम मेरो श्रीमतीलाई गर्न दिन्न भनेका थिए। अस्ति भरखरै जनवरीको पहिलो हप्तामा काठमाडौंको दरबारमार्ग स्थित नेचुरल स्पा एण्ड ब्युतीपार्लरमा त प्रहरीले केही महिला र पुरुषहरुलाई आपत्तीजनक अवस्थामा पक्राउ गरे भन्ने समाचार पनि पढ्न पाईयो। होईन यो स्पाको काम नै आपत्तीजनक अवस्थामा नै होलानी गर्ने की कसो हो ? यो बारेमा ज्ञान छ भने साथी भाईमा सेयर गरौं न है! 
 
 
आफ्नो जातको पहिचान जोगाउन अन्तरजातिय बिहे गर्नु भन्दा स्वजातिय बिहे गर्नु बेश
 
हङकङको मङ्कीहिलमा प्राय जस्तो हुने गुरुङ, मगर, राई, लिम्बु, नेवार, शेर्पा, तामाङ लगायत अन्य समुदायको कार्यक्रम हुँदा साना केटा केटी देखि युवा युवती हुँदै बुढा बुढीहरु आफ्ना जातिय पहिरनमा सजिएर आएको प्रशस्त मात्रामा देख्न सकिन्छ। एक जना जनजाती मुलकी महिला जुन बाहुन संग बिहे गरेर गएको हुँदा आफुलाई पनि जनजतीहरुको चाड पर्वमा अरुले जस्तो जातिय पहिरन लगाएर हिंडेको देख्दा लगाउन मन लाग्ने तर समाजले कुरा नकाटे पनि कसैले मेरै कुरा काटेका छन कि जस्तो लाग्ने हुनाले चाहना हुँदा पनि आफ्नो जातिय पहिरन लगाउन नसकेको कुरा मौसमी समाचारको लागि प्राप्त भएको छ। तेस्तै एक जना जनजाती मुलका युवा जुन आफ्नो जाति र धर्म प्रति प्रगाढ आस्था राख्ने आँफै गैर जनजाती मुलको युवती सँग बिहे गरे पस्चात आफ्नै जतिय हक र हितको लागि आवाज उठाउँ भने पनि अरुले यो आँफैले अर्कै जातको बिहे गर्नेले आफ्नो जातको के उत्थान गर्ला भनेर कुरा काट्ने हो कि भनेर चाहना भएर पनि खुम्चेर बस्नु परेको दुखेसो मगर कान्छालाई एक भेटमा पोखेका थिए। हो वास्तवमा आफ्नो जातको पहिचान जोगाउन अन्तरजतिय बिहे गर्नु भन्दा स्वजातिय बिहे गर्नु बेश हुन्छ। चुनवानमा बस्ने एक जना नेपाली पुरुषले ईन्डोनेसियन युवती सँग अन्तरदेशीय बिहे गरे पस्चात जन्मेको दुई भाई छोराहरु अहिले ईण्डोनेसियाको राजधानी जाकर्ताको सुबिधा सम्पन्न एक स्कुलमा अध्यन गरिरहेको र उनीहरुको बाबु छोराको बोली चाली इन्डो भाषामा नै हुने कुरा सुन्नमा आएको छ। यो पनि एउटा जातिय पहिचान बिलिन हुने उदाहरण हो। 
 
 
नम्वरी हो त्यो काले हप्सी हाम्रै पल्नटको ७५ को ज्वाई हो
 
२०१० सालको नोभेम्बर महिनामा मौसमी समाचारका मगर कान्छा काउलुन पार्कको मिनी सकर पिचमा भएको फुटबल प्रतियोगिता हेर्न गएको थिएँ। उक्त फुटबल प्रतियोगिता हेर्न नेपालीहरुको ठुलो भिड लागेको थियो। म पनि मामाहरुको छेउमा बसेर फुटबल हेरी रहेको थिएँ। जुन बेला नेपाली टिम र अफ्रिकनहरु (नेपालीहरुको जन जिब्रोको भाषाम काले हप्सीहरु) को साथमा प्रतिस्प्रधा भैइरहेको थियो। तुलनात्मक रुपमा नेपाली भन्दा कालेहरु राम्रो खेली रहेका थिए र मेरै छेउमा बस्ने नेपाली मामाहरुले अफ्रिकन खेलाडिहरुको प्रशंसा गरि रहेका थिए। सोही बेला मैले पनि सुने मामाहरुको गन्थन - "नम्बरी हो त्यो काले हप्सी हाम्रै पल्टनको ७५ को ज्वाई हो। नम्बरीको छोरी तेतै चिम्साचुई तिरै बस्दथ्यो डिस्को तिर जाँदा भेत्यो की केटा जाँदा भेट्यो। हुन पनि फेरि सोमालियाको हङकङमा शरणार्थी भएर बसेको हो रे अहिले एउटा छोरा पनि भएको छ त्यो भान्जीको। कहिले काहीँ छोरालाई गड्दीमा राखेर यहीँ फुटबल खेल्न आँउछ त्यो नम्बरीको ज्वाई। ज होस् हाम्रो त्यो नम्बरीको छोरीले ज्वाँई भने स्वादे पाएछन्।"
 
मामाहरुको यो सम्बाद सुने पछि मगर कान्छा पनि दङ्ग पर्‍यो किनकी हङकङमा पहिलो पटक नेपाली नारीको अफ्रिकन सँग बिहे भएको सुनेर।
 
Comments (6)
yeso hernu hola hai
1 Wednesday, 12 January 2011 10:03
manoj
Hello numberi, mausami samachar ramro lagyo tara hajur 2011 sal ko November vannu vayo. English 2011 November ho vane aauna baki nai chha, Nepali bi.sa. vanau vane derai purano vayenara...... He he he he.......
woho!!!!!!!!
2 Saturday, 15 January 2011 09:20
nepali thito
Aare tyo NANU bhanne ra tanahu barahi sajh 2 ko laagi aaune bainiko name ta niruta lungeli magar po bhaneko suneko thiye hoi maile ta ani uni ta dharan 15 ki re ni ho ??? ani usko aama ta yaha honkong ma nai 6 re suneko chhu domestic helper ko kam po garchhe re ni haina ra ???? ANYWAYZ bichara ganesh bhai chinta nagar ho timi HANDSOME 6 tyasta keti ta katti ho katti matra chokho manle maya bata jasle garda timilaai nai phaida garesh
thanx
3 Monday, 17 January 2011 08:20
ganesh magar
hello nepali thito thanx 4 the good coment yes u r 100% right i mean yes her name is niruta lungeli or she is 4rm dharan 15 or her mom is a domestic helper ......................aynyaz is ok i don't mine yes i will try to find the another girls better than this girls..........
The best part
4 Saturday, 29 January 2011 03:14
K. Pun,Hung Hom ,Kowloon ,Hong Kong
yo website ko best part bhanekai mousami samachar ho ....aru samachar ta aru website ma ni padhna payncha haha ...great job man .....love this mousami samachar
the best part
5 Thursday, 10 March 2011 18:00
Kanchi
ya me too totally agree wid above comment ...maushami samachar is the best part of this site...looking forward for more interesting articles...
African husband
6 Tuesday, 28 February 2012 12:02
santosh
Nepali girl married with African man ?
Only because of everythings black and strong ........

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)