भुपेन्द्र चेम्जोङले गिनिज बुकमा नाम राख्नसक्ने हल्ला
हङकङवासी नेपालीहरुको जनजाती नेता भुपेन्द्र चेम्जोङले गिनिज बुकमा आफ्नो नाम राख्न सक्ने हल्ला बजारमा चलेको छ। हल्ला के रहेछ भने जब जब हङकङमा महावाणीज्यदुतको स्थान रिक्त हुन्छ तब तब नेपाल बाट हङकङको बाटो हुँदै अन्य मुलुकहरुमा जाने क्रममा नेपाली नेताहरु हङकङमा दिसापिसाब गर्न ओर्ले पनि मौका मिल्नासाथ हङकङको ९८ प्रतिसत जनजातीहरुको बाहुल्यता रहेको हङकङमा जनजातीहरु कै प्रतिनिधित्व हुने कुनै जनजातीको छोरा हाम्रो माहावाणिज्यदुत हुनु पर्छ भनेर ज्ञापन पत्र बुझाउन एमाले, कांग्रेस, एकिकृत माओवादी, मधेसी नेताहरु देखी लिएर बाँकी अब छुटेका नेताहरु कमै हुनु पर्ने अनुमान गरिएको छ। तर जनजाती महासंघ हङकङको माग नेपाल सरकार बाट रत्तीभर सुनुवाई भएको छैन।
माधव घिमिरेको सचिव पदमा बढुवा पछि चर्चा चलेको यो मुद्दाले रिक्त रहेको पदलाई हेमलाल भट्टराईले सम्हालेका थिए। त्यसपछि रिक्त पद सम्हाल्न केशव प्रसाद भट्टराई आएका थिए। केशव प्रसाद भट्टराई पनि सचिव पदमा बढुवा भए पछि रिक्त रहेको पद सुशील कुमार लम्सालले सम्हाल्दै आइरहेको बेलामा हाल आएर हङकङका लागि फेरी नयाँ माहावाणिज्यदुत विनोद कुमार उपाध्याय नेपाल (प्रधानमन्त्री माधव कुमार नेपालका भाई) मनोनित भएका छन्। फेरी पनि माहावाणिज्यदुतको रिक्त रहेको पदमा जनजाती मुल भन्दा बाहिरको महावाणिज्यदुत आएको हुनाले चेम्जोङले आफ्नो नाम गिनिज बुकमा दर्ता गराउन पहल गरे उपयुक्त हुने कुरा बजारमा केही बाहुनहरुबाट हल्ला चल्न थालेको छ।
हब्सी ज्वाँई
हाम्रो युके स्थित मौसमी समाचारका समाचारदाताका अनुसार एक नेपाली युवतीले हप्सी बोइफ्रेन्ड बनाउँदा घरमा बाउ छोरी बीच वैचारिक युद्द हुँदै कुटनीतिक युद्द सम्म लडेका छन्। छोरीलाई राम्रो पढाएर राम्रो आफ्नै जातको ज्वाँई खोजेर बिहे गरिदिने भनेको त हब्सी बोइफ्रेण्ड बनाएर मेरो इज्जत माटोमा मिलाइदियो छोरीले भन्दै आफन्त सँग गुनासो पोखेको र पहिले पहिले छोरीको चालामाला थाहा पाएर घरमा ढोका थुनेर मज्जाले थर्काउँदा छोरीले उल्टै प्रहरीलाई खबर गरेर घर बाट बाबा आमाले बोइफ्रेण्ड सँग हिंड्न प्रतिबन्ध लगाएको सिकायत प्रहरीलाई गरिदिँदा उक्त युवतीकी बाउले प्रहरीलाई स्पष्टिकरण दिनु परेको थियो। छोरीको बोइफ्रेण्ड सँग हिंड्न प्रतिबन्ध लगाउन युकेको कानुनको दायरा भित्र नभएको र त्यो गरेमा युकेको कानुन विपरीत हुने युवतीकी बाउले बुझे पछि छोरी माथि कुटनीतिक युद्द लड्नु परेको समाचार छ।
छोरीलाई जति सम्झाउँदा पनि नलागे पछि बाउले छोरीलाई फकाउँदै हिँड छोरी नेपाल नगएको पनि झन्डै ४ बर्ष भईसकेछ। नेपाल गएर मज्जाले घुमेर फर्कौँला भन्दै छोरीलाई फकाउँदै नेपाल पुगे पछी छोरीको पासपोर्ट लुकाएर नेपालमै छोडेर बाउ मात्र युके
पुगेको केही हप्ता पछी छोरी पनि बाउकै पछि पछि युके पुगेको हामीलाई युके स्थित मौसमी समाचारका समाचार दाताले फोनमा जानकारी गराएका छन्। हङकङमा नेपाली युवकहरुले इन्डो र फिलि युवती सँग बिहे गरेको र नेपाली यूवतीहरु पाकिस्तानी र ईण्डियनहरु सँग बिहे भएको समाचार हामीले पनि सुनेकै छौ। अब युकेमा नेपालीहरुको ज्वाँई हब्सी र बुहारी हब्सिनी, गोरेनी हुँदा अनौठो मान्नु नपर्ने भनेर हामीलाई जानकारी गराइएको छ।
जन्म दिने आमाले भन्दा पैसाले किनेको आमाले भाग्य चम्कायो
भाग्य त हङकङमा आएर सबैले चम्काएकै होला तर यहाँ एक जना नेपाली जो नेपालको कुनै गाउँको भैंसी गोठमा जन्मेको मान्छे पैसाले गर्दा हङकङ जन्मेको बर्थकार्ड किनेर हङकङ आउँदा उसको लागि जन्म दिने आमा भन्दा पैसाले किनेको आमा ठुलो भएको छ।
एक दिन मगर कान्छा सँग आफ्नो असली नाम नलेख्ने सर्तमा मौसमी समाचारको लागि आफ्नो वास्तविक्ता यसरी खोलेको थियो। हेर्नोस सोल्टा आईडी किनेर हङकङ नआएको भए म अहिले खाडीको मुलुकमा ४५, ५० डिग्रिको घाममा काम गरी रहेको हुन्थे होला तर बेलैमा बिचार पुर्याएको हुनाले अहिले दामी भयो।
म मलेसिया बाट नेपाल फर्कदा आईडी भर्खरै खुलेको थियो। मेरै गाउँको मान्छेलाई एक लाख रुपैयाँ खनखनी पैसा गनेर देखाएको मलाई झ्याप्पै आईडी बेच्यो। तेस पछी हङकङ आएर पैसा कमाएर धरानमा ३ तले घर बनाएँ, हङकङमा फ्ल्याट किनेको छु।
धन्य छ मेरो पैसाले किनेको आमालाई। खाँटी कुरा भन्नु पर्दा मेरो असली जन्म दिने आमाले भैंसीलाई घाँस, पराल हाल्न जाँदा म त भैंसी गोठमा जन्मेको भन्थिन। तर के गर्ने पैसाले गर्दा हङकङमा जन्मेको भईयो। हेर्दाहेर्दै हरियो पासपोर्ट त्यागेर ब्रिटिशको रातो पासपोर्ट पनि लिएर गोरा सरह भएको छु। यो मेरो आईडीको असली मान्छे पो साउदीमा गाको छ रे भनेको सुन्छु। हेर्नोस सोल्टा भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर अडिदैन भन्थे तर अडिदो रहेछ हौ।



















