HongKongNepali.com, The Next Media

Tuesday
May 22nd
Home

सिस्नु बेचेर झोलीभरि लाखौं रुपियाँ

E-mail Print PDF
AddThis Social Bookmark Button
१ कात्तिक, म्याग्दी। बाटोको किनारा, खेतबारी र जङ्गलभरि खेर गइरहेको च्वास्स पोल्ने झार सिस्नु बेचेर यसवर्ष यहाँका महिलाले झोलीभरि लाखौं रुपियाँ जम्मा पारेका छन्।

जिल्लाको दाना, घार, घतानलगायतका गाविसका महिलाले सिस्नुको मुन्टा र फूलको धूलो बनाइ सिस्नु पाउडर बिक्री गरेर यो वर्ष रु. पाँच लाख ५० हजार आम्दानी गरेका हुन्। यहाँका महिलाले यसवर्ष १३ क्विटन्ल सिस्नुको धूलो उत्पादन गरी जिल्लाबाहिर बिक्री गरेर यो आम्दानी गरेका हुन्।

सिस्नु बेचेर यसवर्ष दानाकी मैती तामाङले रु. ३० हजार आम्दानी गरेकी छन्। यो वर्ष सिस्नुको धूलो बेचेर २५ हजार रुपियाँ र टिमुर बेचेर ६० हजार रुपियाँ आम्दानी गरे, नेप्टेचौरकी गङ्गा खत्रीले।
 
असोजदेखि फागुनसम्म सिस्नु टिप्ने, धूलो बनाइ बिक्री गर्ने र प्रयोग गर्ने ‘पिक सिजन’ हो। सादा सुपको रूपमा तथा मास, सिमीलगायतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नु पाउडर मधुमेहका बिरामीले खोजी-खोजी प्रयोग गर्ने गरेका छन्। सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले गर्मी मौसममा खानु उपयुक्त हुँदैन। हिजोआज सिस्नु सहरिया सम्भ्रान्त व्यक्तिहरूले खोजीखोजी खान थालेका छन्।

सिस्नु विदेशमा रहेका आफन्तलाई पठाउने कोसेली पनि बनेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार सिस्नुमा जलांश ९ दशमलव ८५ प्रतिशत, भष्म १६ दशमलव ७५ प्रतिशत, क्रुड फाइवर ७ दशमलव ९९ प्रतिशत, क्रुड फ्याट १ दशमलव ८७ प्रतिशत, क्रुड प्रोटिन २४ दशमलव पाँच प्रतिशत र आइरन प्रतिमिलीग्राम २३ दशमलव २० प्रतिशत रहेको छ।

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सङ्गम नामक संस्थाले स्थानीय स्रोतमा आधारित उद्यम स्थापना गर्न सहयोग गरेपछि जिल्लाको दाना, घार, घतान, कुइने र देवीस्थान गाविसका महिलाले सिस्नु पाउडरलाई गुणस्तरीय बनाउन सोलार ड्रायरको प्रयोग गर्ने गरेका छन्।
 
श्रोत-रासस
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)