HongKongNepali.com, The Next Media

Tuesday
May 22nd
Home

नेपाली कामदारहरुको हितका लागि अगाडी बढ्ने योजना

E-mail Print PDF
AddThis Social Bookmark Button

पुरु जोशी
२०१२ फेब्रुअरी २

दक्षिण कोरियामा नेपाली कामदारहरुको बढ्दो माग संगसंगै बिभिन्न समस्याहरु बढिरहेको यस अवस्थामा नेपाली श्रम सहचारी कृष्ण हरि पुष्कर आज फेब्रुअरी २ का दिन दक्षिण कोरिया आईपुगेका छन् । नेपाल सरकारको श्रम मन्त्रालयमा उपसचिवको रुपमा बिगत २ बर्षदेखि कर्मचारीको रुपमा काम गरिसक्नु भएका उनी आज ईन्छन् एयरपोर्ट हुँदै दक्षिण कोरिया आईपुगेका हुन् । उनको स्वागतमा नेपाली दूतावासबाट तुलसी कोईराला ईन्छन् एयरपोर्ट पुगेका थिए ।

२००८ मा नेपाल र कोरिया बीच ईपीएस सम्बन्धी श्रम सम्झौता भए पश्चात हालसम्म लगभग १५ हजारको हाराहारीमा नेपाली कामदारहरु दक्षिण कोरियामा कार्यरत छन् तर पनि नेपाल सरकारले ‌औपचारिक रुपमा हालसम्म यहाँका नेपाली कामदारहरुको हितका लागि कुनै पनि कुटनैतिक श्रम सहचारी नियुक्त गरिएको थिएन । पहिलो पटक आधिकारिक श्रम सहचारीको मान्यता पाई दक्षिण कोरिया आईपुगेका महोत्तरी निवासी कृष्ण हरि पुष्करले कोरिया आउनु भन्दा पहिले ३ महिना परराष्ट्र मन्त्रालयमा पनि काम गरेका थिए ।

नेपाल सरकारको तर्फबाट युरोप तथा अमेरिकाको कार्य अनुभव रहेपनि दक्षिण कोरिया भने उनको पहिलो अनुभव रहेको उनले बताए । अब चाँडै नै यहाँका नेपाली कामदारहरुको हितका लागि आफुले सक्दो प्रयास गर्ने र यहाँका कम्पनीहरु सम्बन्धी अध्ययन गरी जति सक्दो चाँडो नेपाली कामदारहरु भित्राउने उनको योजना रहेको छ ।ईन्छन् एयरपोर्टबाट सिधै दूतावास पुगेका उनलाई नेपाली दूतावासका कावा राजदूत तथा उपनियोग प्रमुख राजाराम बर्तौला एन आर एन कोरियाका अध्यक्ष केपी सिटौला र उपाध्यक्ष राजु क्षेत्रीले स्वागत गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)