HongKongNepali.com, The Next Media

Tuesday
May 22nd
Home

ई-जर्नल "याँभु" को बिमोचन गर्दै मगर संघ अमेरिकाले माघे सक्रान्ति मनायो

E-mail Print PDF
AddThis Social Bookmark Button
दुर्लभ मगराती 
 
 
फोटो सौजन्य: मगर संघ अमेरिका 
 
न्यूयोर्क, जनवरी १८। मगर संघ अमेरिकाले गत आइतवार (जनवरी १६ मा) न्यूयोर्कको उड्साइड स्थित सगरमाथा रेस्टुरेन्टमा संस्थाको मुखपत्रको रुपमा विधुतीय पत्रिका (ई-जर्नल) याँभु (इन्द्रेणी) को बिमोचन गर्दै भव्य रुपमा यस वर्षको माघे सक्रान्ति मनायो। संस्थाका सल्लाहकार तथा यूएसनेपाल अनलाईन डट कमका प्रधान सम्पादक श्री प्रदीप थापामगरले संघको वेब साइट http://www.MagarUSA.org मा याँभुको लिंकमा क्लिक गर्दै स्क्रीनमा डिस्प्ले गरिएको याँभुको फ्रन्ट कभर पेजलाई तलतिर स्क्रोल गरेर बिमोचन गर्नु भएको थियो। बिमोचन पछि बोल्दै श्री थापामगरले आफ्नो दुई दशकको पत्रकारिताको अनुभव सल्लाहकारको रुपमा याँभुको सम्पादक मण्डल सँग शेयर गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो। उहाँले याँभुमा प्रकाशित प्रा. झकेन्द्र घर्तीमगर द्वारा लिखित "शैक्षिक दृष्टिकोणमा राज्यको संघीय पुनरसंरचना" लेखको डाटाहरु उल्लेख गर्दै नेपालको आदिवासी जनजातिहरु मध्ये जनसंख्याको आधारमा सबै भन्दा ठूलो मगर समुदायको उपस्थिति प्राज्ञिक क्षेत्रमा अति नै न्यून रहेको खुलासा गर्दा त्यहाँ उपस्थित सबै आश्चार्यचकित भएका थिए।
 
याँभुको प्रधान सम्पादक कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार तथा सहायक सम्पादक सुश्री स्मिता मगर हुनुहुन्छ भने कार्यकारी सम्पादक श्री धन बहादुर पुनमगर (सियाटल / वाशिंगटन) र कला तथा डिजाईन निर्देशकमा श्री बिष्णु बहादुर पुनमगर (न्यूयोर्क) हुनुहुन्छ।

तीन भागमा विभाजित माघे सक्रान्ति कार्यक्रमको शुरुवात मगर समुदायका साना वाल-वालिकाहरुको लागि आयोजित पेंटिंग / कलरिंग कम्पिटिशनबाट भएको थियो। "अमेरिकामा जन्मेका र नेपालबाट आफ्ना बुबामुमा सँग वसाई सराई गरेर सानै उमेरमा अमेरिका आएका हाम्रा साना भाइ-वहिनीहरुलाई नेपाल र हाम्रो समुदायको कला-संस्कृति सँग रिलेट / परिचित गराउंदै जानु नै यस कम्पिटिशनको प्रमुख उद्देश्यको हो जुन अति आवश्यक छ।" कम्पिटिशनको बारेमा स्पष्ट पार्दै भन्नु हुन्छ संघका वाल-वालिका तथा विद्यार्थी विभागका संयोजक श्री यज्ञ कुमार थापामगर। कलरिंगका लागि नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय झन्डा, दुर्लभ जन्तु रेड पाण्डा र नेपालका प्रथम शहीद लखन थापामगरको स्केच / फोटोहरु राखिएको थियो।
 
कार्यक्रमको अन्तिम कोसेली सांस्कृतिक कार्यकमको शुरुवात नेपालको राष्ट्रिय गीत गाएर गरिएको थियो। त्यस पश्चात नेपालका ख्यातिप्राप्त तथा लोकप्रिय गायक जगदिश समाल मगर, लोक दोहोरी गायक सुमन बुढामगर, राजेश थापामगर र यशोधा खालिंग राईले मीठा मीठा गीतहरु गाएर सबैलाई नचाएर भरपूर मनोरंजन दिलाएका थिए। माला रानामगर, स्वेच्छा बराल र साथीहरुले मनमोहक नृत्य प्रस्तुत गरेका थिए भने रोशना चेस र सुरेका गुरुङ्गले सेलो बाजा बजाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए। 
 
माघे सक्रान्ति चाडको परम्परागत परिकारहरु अपेटाइजरको रुपमा व्यवस्था गरिएको थियो। विहान ११ वजे शुरु भएर साँझ ७ वजे सम्म चलेको उक्त कार्यक्रमको समापन पेंटिंग / कलरिंग कम्पिटिशनमा सहभागी साना भाइ-वहिनीहरुलाई संघका अध्यक्ष श्री महेन्द्र कुमार थापामगरले पुरस्कार वितरण गरे पछि भएको थियो। औपचारिक कार्यक्रम संस्थाका सचिव श्री मान बहादुर रानामगरले र सांस्कृतिक कार्यक्रम दोस्रा-उपाध्यक्ष तथा माघे संक्रान्ति कार्यक्रम २०६७ / २०११ का संयोजक श्री राजेश थापामगरले संचालन गर्नु भएको थियो। 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)