HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home

प्रधानमन्त्री कप फुटबलमा नेपालको जित

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौं  मार्च, १४     

प्रथम प्रधानमन्त्री कप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपाल रातोले हात पारेको छ। राजधानीको दशरथ रङ्गशालामा शनिबार भएको फाइनल प्रतिस्पर्धामा श्रीलंकालाई ट्राइब्रेकरमा ४-२ ले पराजित गर्दै नेपालले उपाधि चुमेको हो।

निर्धारित ९० मिनेटको समयमा नेपालले श्रीलंकालाई चर्को दबावमा राखे पनि गोल भने गर्न सकेन। नेपाल रातोका अनिल गुरुङले केही सुन्दर प्रहार गरेको भए पनि जाली भने चुम्न सकेन।

नेपाली स्ट्राइकरहरुको सशक्त प्रहारलाई श्रीलंकाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। श्रीलंकाले पनि गोल गर्ने केही अवसर पाए पनि त्यसलाई नेपाली रक्षापंक्तिले विफल पारिदिएका थिए।

दुवैतर्फबाट गोल नभएपछि थपिएको ३० मिनेटमा पनि कुनै गोल हुन सकेन। त्यसपछि भएको ट्राइब्रेकरमा नेपालका चार जना खेलाडीको प्रहारले जाली चुम्यो भने श्रीलंकाका दुई खेलाडीको बल बाहिरिएको थियो।

शनिबारको खेलमा नेपाली टोलीलाई प्रोत्साहित गर्न ठुलो संख्यामा दर्शक दशरथ रङ्गशाला पुगेका थिए।

नेपाल जापान डट कम

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)