HongKongNepali.com, The Next Media

Thursday
Sep 18th
Home

सुगन्धकोकिलाबाट मनग्गे आम्दानी गर्दै छिल्लीकोटवासी

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका जिएम

 

दाङ १४ कार्तिक। विश्वमै लोपोन्मुख प्रजातिमा पर्ने मालागेडी सुगन्ध कोकीला को व्यावसायीक खेती गरेर दाङ छिल्लीकोटका कृषकहरुले मनग्य आम्दानी गरिरहेका छन्। संरक्षित जडिबुटीको स्थानमा राखिएको सुगन्ध कोकिला दाङको विजौरी गाविस-९ छिल्लीकोटमा एसियामै सबैभन्दा बढी उत्पादन हुने गर्दछ।

अन्य खाद्यवालीहरुको कम उत्पादन हुने त्यस स्थानमा सुगन्ध कोकिलाको राम्रो उत्पादन हुने भएकाले स्थानीयवासिन्दाहरुले यसलाई मुख्य बालिकारुपमा खेती गर्ने गरेका छन्। सुगन्ध कोकिला मनग्य मात्रामा उत्पादन भए पनि उचित व्यवस्थापन उचित मूल्य यातायातको असुविधा र अनावश्यक करको मारका कारण यहाँका किसानहरु मर्कामा परेका छन्। छिल्लीकोटका अधिकांश घरधुरीको जग्गा भिरालो जमिनमा भएका कारण त्यस गाविसका स्थानीयवासीहरुले आफ्नो मुख्य आम्दानीको स्रोत नै सुगन्ध कोकिलालाई भएको बताउँछन्।
 
 
 
सबैको घरघरमा प्रशस्त मात्रामा उत्पादन भए पनि संरक्षित जडिबुटीको सुचिमा सुगन्ध कोकिलालाई पनि राखिएपछि प्रति जग्गामा उत्प्ाादन भइरहेको सुगन्ध कोकिला बिक्रीवितरणका लागि अप्ठ्यारो भएको स्थानीय कृषकहरुको गुनासो छ। जग्गाको नियमित रुपमा मालपोत तिर्दै आए पनि सोही जग्गामा उत्पादन हुने गरेको सुगन्ध कोकिला बिक्री गर्दा वन कार्यालयले प्रतिकेजी ७ रुपैँया कर उठाउने भएकाले आफूहरु मर्कामा परेको बताउँदै सुगन्ध कोकिला संरक्षण संवद्र्धन समितिका संयोजक नरबहादुर पुनमगरले बताउनु भयो। ुपहिले सुगन्ध कोकिलाको मूल्य प्रतिक्विन्टल २६ हजार रुपैयाँसम्म पुगेको थियो तर हाल यसको मूल्य प्रतिक्विन्टल ५ हजार रुपैयाँ मात्र छ। त्यसमा पनि हामीले प्रतिकेजी ७ रुपैयाँका हिसावले वन कार्यालयलाई पैसा बुझाउनु परेको छ।ु

व्यक्तिगत जग्गामा उत्पादन हुने गहुँ मकै तोरी बिक्री गर्दा कर नलाग्ने भएपनि पनि सोही हिसावको जग्गाबाट उत्पादन भएको सुगन्ध कोकिलाबाट सरकारले कर लिइरहेकोमा आपत्ति प्रकट गर्दै्र समितिका संयोजक पुनमगरले बताउनु हुन्छ ुअन्य खाद्यवाली बेच्दा कर तिर्नु नपर्ने तर हामीले खाद्यवाली जस्तै संरक्षण गरेर उत्पादन गरेको सुगन्ध कोकिलाको कर तिर्नुपर्ने ु विश्वमै लोपोन्मुख प्रजाति भएकाले सुगन्ध कोकिलाको खेती गर्ने किसानलाई सरकारले थप सहुलियत दिनुपर्ने यहाँका किसानहरुको माग छ। 
 
 
 
राम्रो उत्पादन हुनसके यस क्षेत्रमा प्रति बोट एक क्विन्टल जति फल्ने गरेको किसानहरुको भनाइ छ। छिल्लिकोटमा मात्र वार्षिक २ करोडभन्दा बढी मूल्य वरावरको सुगन्ध कोकिलाको उत्पादन हँुदै आएको किसानहरु बताउँछन्। विभिन्न बहुमुल्य सेन्ट बनाउनका लागि प्रयोग हुने गरेको सुगन्ध कोकिलाको मूल्यमा केही वर्षयता ह्रास आए पनि बिक्री गर्दा सरोकारवाला निकायबाट थप सास्ती व्यहोर्नु परेकोमा किसानहरु चिन्तित बनेका छन्। थोरै मूल्यमा पनि स्वतन्त्र रुपमा यसलाई बिक्री वितरण गर्न पाएमा राम्रो हुने स्थानीयवासी पलबहादुर वलीको भनाइ छ।

यता जिल्ला वन कार्यालयले भने निजी जग्गाबाट उत्पादित सुगन्ध कोकिलालगायत कुनै पनि वस्तुबाट कर नउठाएको बताएको छ। कार्यालयका अनुसार सुगन्ध कोकिलाको खेती गरिरहेका किसानहरुले प्रतिजग्गाको लालपूर्जाको फोटोकपी वन कार्यालयमा नबुझाएकाले केही समयअगाडि समस्या आएको जनाएको छ। "अमूल्य जडिबुटी भएका कारण बाहिर निर्यात गर्दा मात्र हामीले जग्गाको प्रमाणपत्र पेश गर्न भनेका छांै। उनीहरुले आफ्नो जग्गाको प्रमाणपत्र पेश गर्न समेत नआएपछि हामीले कसरी घरको र जंगलको भनेर छुट्याउने" जिल्ला वन कार्यालय दाङका जिल्ला वन अधिकृत किशोरचन्द्र गौतम प्रश्न गर्नुहुन्छ। गौतमले सुगन्ध कोकिलाको खेती गरिरहेका किसानहरुलाई हतोत्साहित पार्ने कार्यालयको नीति नभए पनि केही प्राविधिक र कागजी प्रकि्रया पुर् याएमा किसानहरुले सहजरुपमा बिक्री वितरण गर्नसक्ने बताउनुभयो। गौतमले सुगन्ध कोकिलाको व्यवसायीक खेती गरिरहेका किसानहरुलाई वन कार्यालयमा जग्गाधनी पूर्जाको फोटोकपी बुझाउनसमेत आग्रह गर्नुभएको छ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)