अनु थापा
१. बाथ भनेको के हो ?
बाथ रोग भन्ने शब्द दुई शब्दहरु मिलेर बनेको छ। जस्तै [Arth] अर्थ जोर्नी र [Itis] को अर्थ सुन्निनु ज्वलन हुनु। त्यसैले बाथ रोगलाई जोर्नी दुख्ने तथा फुलिने रोग भ्ान्ने पाईन्छ। यो रोग उत्पन्न गर्ने खास कारण भन्ने अहिले सम्म कुनै पनि चिकित्साकर्मीहरुले पता लगाउन सकेका छन्। तर यो रोग रुघाखागी जस्तो सरुवा रोग भने होइन। यो रोग विशेष ४५ वर्ष भन्दा बढि नारी पुरुष दुबैलाई लाग्ोको पाइन्छ तर कहिलेकहि बालबच्चाहरुलाई पनि लाग्न सक्छ। तर ४५ वर्ष नागेका व्यक्तिहरुलाई भन्दा ज्यादै कम मात्रमा पार्क्षन्छ। यो रोग जोनर्ीैका हाड जोड्ने (Connective Tissue) मा लाग्ने गर्छ। यो रोगलाई एक भन्दा वढी जोर्नीहरु ज्वलन तथा सुन्निने (Inflammation one or more Joints) पनि भनिन्छ। यो रोग लाग्नेहरुलाई जोर्नीहरु सुन्निने जोर्नी वरिपरिको छाला रातो हुने पिडा कुने तथा जार्नीको गतिमा अबरोध आउने गर्दुछ र विशेष जाडो मौषममा र सेपिलो ठाँउमा बस्नेहरुलाई लाग्ने गर्छ।
२. यो रोग २ प्रकारका छन् :
क: यूमाट्वाइड अर्थराइटिस (Rheumatoid Arthritis)
ख: ओस्टियो अर्थराइठिस (Osteoarthritis)
क: रयूमाट्वाइड (Rheumatoid Arthritis) :
यो रोग सबै देशमा बस्ने सबै समुदायका मानिसहरुलाई लाग्ने गर्दछ। यो रोग पुरुषलाई भन्दा तीन गुण वढि नारीहरुलाई वढी लाग्ने गर्दछयो रोग वढी मात्रमा चिसो तथा सेपिलो ठाँउमा बसोबास गर्नेहश्रलाई आक्रमण गर्दछ। यो रोगलाई साना हाड जोर्नीहरुमा लाग्ने बाथ रोग हो।
कारण :
वशागुणगत जोर्नीको सँक्रमण इम्युनोग्लोवुलिन ए immunoglobulin IgA , Immuno-globulin Igm, Immunolobulin IgG सेसर एन्टि ग्लोवुलिन एन्टिको लाजेन तथा एन्टि न्यूक्लियर एन्टि एन्टिबोडी आदिलाई मान्न सकिन्छ।
लक्षण (symptoms) :
१: हातखुट्टाका औलाहरुका जोर्नीहरु नाडी पैतला गोली गाँठाहरु त्था काँधका जोर्निहरु क्रमश: सुन्निनु।
२:ज्वरो आउँनु खाना खान मन नहुनु मासपेशी दुख्नु।
३:रोगीको तौल घट्नु तथा रोगीलाई थकाई लाग्नु हातका औलाहरु कुहिनु र कुरुपता ९म्भायचुष्तथ० देखिनु।
४:रोगीको घाँटी तथा कम्मर दुख्नु
५: जोर्नीको गतिमा मन्दी आउनु
६: रोग जति जति बढै गयो उति नै रक्तसँचार श्वास-प्रश्वास तथा स्नायु प्रणलीमा समेत असर पर्दछ आदि।
रोक तथा नियन्त्रण (Prevention and control )
१: रोगीलाई प्रर्यात्त शारीरिक आराम दिनुपर्छ।
२:जोर्नी नसुन्निने वा नदुख्ने औषधीहरु खुवाउँनुपर्छ।
३:फिजियोरोपी (Physiotherapy) गराउँनुपर्छ।
४: रोगीलाई चिसोबाट बचायउनुपर्छ।
५: रोगीले जाँडरक्सी तथा धुम्रपान गर्नु हुदैन।
६: रोगीलाई यो रोगीको जानकारी दिनु पर्छ।
ख: अस्टियो अर्थराईटिस (Osteoarthritis)
यो कुरकुरे हाड तथा पुट्ठाको हाड का जोर्नीहरुमा लाग्ने रोग हो। यो रोग पनि प्रया गरेर ४५ वर्ष भन्दा माथि उमेरका नरनारी दुवैलाई लाग्ने गर्छ। यो अति नै सामान्य रुपले जार्नीमा हुने बाथ रोग हो। यो रोग हाडहरुको जोर्नीमा हुने बाथ रोग हो। यो रोग हाडहरुको जार्नी सँक्रमणलाई ‘x’-ray को माध्यमबाट पता लगाउन सकिन्छ। यो रोग ठ्ला हाडका जोर्नीहरुमा बढी हुने बाथ रोग हो।
कारण
१. जोर्नीको घाउ तथा चोटपटकले गर्दा।
२. मुटु मूत्राशय तथा टाँउको घाउले गर्दा
३. अत्यधिक शारीरिक व्यायाम अनिन्द्र अत्यधिक रतिकि्रडा गर्ने बान ४. वंशाणुक्रम तत्व तथा सन्क्तलित आहारको अभाव आदि।
रोकथाम तथा नियन्त्रण (Prevention and control)
१: रोगीले नियमित रुपमा उचित व्यायाम गर्नुपर्छ।
२:रोगीको शारीरिक तौल बढी भएमा घटाउनु पर्छ।
३: सन्तुलित भोजन खानु पर्छ।
४:जोर्नीमा तातोले सेकाइ गर्नु पर्छ।
५:चिसोबाट बच्न न्यानो कपडा लगाउने
६:जोर्नी टाँउको मुटु तथा मूत्राशयको चोट तथा रोग लागेको शंंका लागेमा उपाचार गराउने
७:रोगीलाई हिड्डुल गर्नका लागि लट्ठी उपलब्ध गराउनुपर्छ।
८: रोगीलाई डक्टरको सेवा उपलब्ध गराउनु पर्छ।
स्रोत :विभिन्न पत्रपत्रिका तथा स्वास्थ्थ आधार


















