HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home

सजीवनबाट बायोडिजेल निकाल्न सुरु

E-mail Print PDF
AddThis Social Bookmark Button
विष्णु घिमिरे

नेपालमै पहिलोपटक पाल्पामा सजीवनको दानाबाट बायोडिजेल निकाल्न थालिएको छ । सजीवनको तेलबाट गाडी चलाएर सफल परीक्षण गरिएको एक वर्षपछि पाल्पाको दोभान-५ मा नेपालमै पहिलोपटक प्रशोधन गरी सजीवनको दानाबाट बायोडिजेल निकाल्न थालिएको हो ।

सरकारी लगानीमा आधुनिक प्लान्ट निर्माण गरेर जैविक इन्धनको विकासका लागि बायोडिजेल निकाल्न थालिएको हो ।

सजीवनको दानालाई पेलेर तेल निकाली विभिन्न केमिकलहरू मिसाएर प्रशोधन गरेपछि जैविक रूपमा प्रयोग गर्ने योग्य बनाइएको छ । गत भदौमा सजीवनको तेलबाट पाल्प्ाा मदनपोखरा जरेपीपलका केशव कार्कीले ट्याक्टर चलाए पनि सजीवन खेतीको विस्तार र प्रशोधन गर्नेक्रममा दोभानमा आधुनिक प्रशोधन केन्द्र स्थापना गरी कार्य सुरु गरेको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा रेसुंगा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालिले करिब ६५ लाख रुपैयाँको लागतमा प्रशोधन केन्द्र स्थापना गरेर बायोडिजेल उत्पादन गर्ने थालेको हो । रेसुंगा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालिले आइतबार पत्रकार सम्मेलन गरेर बायोडिजेलको उत्पादन सुरु गरिएको जनाएको हो । दैनिक एक हजार लिटर बायोडिजेल क्षमता रहेको यस प्रशोधन केन्द्रबाट तीनदेखि चार किलो सजीवनको दानाबाटर् एक लिटर बायोडिजेल उत्पादन हुने गरेको छ । सजीवनको दाना किन्ने, प्रशोधन गर्ने र केमिकलको मिसावट गरी एक लिटर बायोडिजेल उत्पादनमा करिब ९० देखि एक सय रुपैयाँसम्म लागत पर्ने भएकाले बायोडिजेलसँगै यसबाट गिल्सिरिन र पिनाको समेत उत्पादन गर्ने सकेमा लागत मूल्यमा कमी ल्याउन सकिने संस्थापक मदन विष्टले बताए ।

प्रशोधन केन्द्रले पाल्पा, गुल्मी, अर्धाखाँची, स्याङ्जा, कास्कीलगायत ४२ जिल्लामा सजीवनको दाना संकलन केन्द्र स्थापना गरी ल्याउने कार्य गरेको छ । तत्कालका लागि प्रत्येक जिल्लामा ४/५ क्विन्टल मात्र सजीवनको दाना भएकाले प्रशोधन केन्द्रले नर्सरी व्यवस्थापन गरी सजीवनको बिरुवासमेत वितरण गरेको छ ।

गुल्मीका ७० हजार, नवलपरासीमा ३० हजार, स्याङ्जामा ३० हजार, अर्घाखाँची, पाल्पा कास्कीलगायतका जिल्लामा दुईवटा नर्सरी स्थापना गरेर दुई लाख बिरुवासमेत वितरण गरेको छ ।

पत्रकार सम्मेलनमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर नारायण अधिकारीले सजीवनबाट बायोडिजेल उत्पादन गर्ने कार्य परीक्षणको अवधिमै भएकाले इन्धन आपूर्तिमा कति प्रतिशत सहयोग हुने भन्नेबारेमा अन्योल नै रहेको बताए । उनले सजीवन खेती गर्दा पनि विभिन्न जोखिम भएकाले बजारको ग्यारेन्टी, राष्ट्रियस्तरमा नीति अभाव, गुणस्तरीयता परीक्षण र दिगोपनका बारेमा अध्ययन भइरहेको बततए । यस संस्थाका साथै अन्य विभिन्न संस्थाले सजीवनको नर्सरी व्यवस्थपना साथै सजीवन खेतीको तालिम सञ्चालन गरेका छन् ।

प्रशोधन केन्द्र स्थापना भए पनि अहिलेको सजीवनको दाना उत्पादनको हिसाबले केही निकै कम बायोडिजेल उत्पादन हुने देखिन्छ । इन्जिनियर हरि दर्लामीले सानो मात्रमा सजीवन दाना उत्पादन गरिएकाले दिगोपनका लागि समस्या रहेको बताउँदै समयमै सजीवनको दाना संकलन गर्ने, प्रशोधन केन्द्रसम्म ल्याउन नसकेमा गुणस्तरीय बायोडिजेल उत्पादन हुन नसक्ने बताए । संस्थापक ओमप्रकाश भुसालले सरकारले गत आर्थिक वर्षको बजेटमा दोभान र चितवनमा बायोडिजेल प्लान्ट निर्माणका लागि दुईटा संस्थालाई अनुदान सहयोग प्रदान गरेको बताए ।

तोरी पेल्ने मेसिनमा पेलिएको सजीवनको तेलबाटै पाल्प्ाामा कुटानी-पिसानी मिल, पानी तान्ने पम्प, जेनेरेटर चलाउनुका साथै टुकीसमेत बालिएको छ । गतवर्ष सरकारले पाँच करोड वैकल्पिक ऊर्जा क्षेत्रमा बजेट छुट्टाए पनि ५३ प्रतिशत मात्र खर्च भएको थियो भने यस आर्थिक वर्षमा पनि सरकारले वैकल्पिक ऊर्जाको विकासका लागि दुई करोड ४२ लाख विनियोजन गरेको छ ।

श्रोत : नयाँपत्रिका
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)