तेस्रो बार्षिक उत्सव कार्यक्रममा टप माउण्टेन ताइक्वान्दो डोजाङ हङकङको ६ शाखाका करीब १५० भन्दा बढी ताइक्वान्दो खेलाडीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा बर्ष भरी उत्कृष्ट खेल प्रदर्शन गर्ने र अनुशासित विधार्थी खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । साथमा पुम्से प्रदर्शन गर्ने विधार्थीहरुलाई गोल्ड मेडल, सिल्भर मेडल र ब्राउण्जी मेडलले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा फिलिपिन्स, इण्डिोनेसियन र नेपाली सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो । नेपालीहरुको तर्फबाट हङकङ नेपाली डटकमबाट प्रतिनिधित्व गर्दै फियोना आइडल २०११ का विजेता शबनम गुरुङ, धिरज लिम्बु, एलीना गुरुङ, सोनी गुरुङ, प्रिया गुरुङ लगायतले निक्कै रोमाञ्चक नृत्यहरु प्रदर्शन गरेका थिए । साथमा गीत संगीत तर्फ श्याम गुरुङ, मञ्जु थापा र गणेश न्यूपाने लगायतका कालाकारहरुले गीत प्रसतुत गरेका थिए । टप माउण्टेन ताइक्वान्दो डोजाङ हङकङका नेपाली ताइक्वान्दो खेलाडीहरु र फिलिपिन्स, इण्डिोनेसियनका कलाकारहरुले पनि नृत्य प्रस्ुतत गरेका थिए ।
सांस्कृतिक कार्यक्रम पश्चात कार्यक्रम सफल पार्नका लागि विभिन्न क्षेत्रबाट प्रायोजक र योग्दान दिने महानुभावहरुलाई प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । साथमा सबै उपस्थित वनलाईन मिडियाहरुलाई टप माउण्टेन ताइक्वान्दो डोजाङ हङकङले प्रशंसा पत्र प्रदान गरिएको थियो ।



















