HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार एचकेएनटीएमा एभरेष्ट तार्इ क्वान दो एकेडेमीलाई २२ मेडल प्राप्त

एचकेएनटीएमा एभरेष्ट तार्इ क्वान दो एकेडेमीलाई २२ मेडल प्राप्त

E-mail Print PDF
AddThis Social Bookmark Button

सन २०१२ फेब्रुवरी १९ तारीख आर्इतबारका दिन हङकङस्थित कौलन पार्कको स्पोर्ट सेन्टरमा एचकेएनटीएको दशौं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा हङकङमा रहेका विभिन्न ताई क्वान दो क्लवहरुले १० देखि १४ बर्षसम्मका पुरुष खेलाडीहरुमा र्इस्पायरीङ र १० देखि माथी सबै उमेरका महिला खेलाडीहरुले इस्पायरीङमा सहभागीता जनाएका थिए । विभिन्न ताई क्वान दो क्लवहरुबाट महिला तथा पुरुष गरेर झण्डै ३०० खेलाडीहरुले प्रतिस्पर्धा  गरेका थिए । सो खेलमा एभरेष्ट तार्इ क्वान दोएकेडेमीका सञ्चालक तथा चिफ र्इन्स्ट्रक्टर,मास्टर रविन कुमार नाल्वोको नेतृत्वमा १० बर्ष देखि माथि ८१ बर्ष सम्मका महिला तथा पुरुष ३० जनाले पुम्से तथा र्इस्पायरीङमा एभरेष्ट ताई क्वान दो एकेडेमीका खेलाडीहरुले सहभागिता जनाएका थिए । उक्त सहभागि खेलाडीहरु मध्ये ३ गोल्ड मेडल १३ सिल्भर मेडल ६ ब्रउन्ज मेडल गरेर कुल २२ मेडल प्राप्त गरेर तृतिय स्थान ग्रहण गर्न सफल भएको छ ।

महिला तथा पुरुष खेलाडीहरुमा र्इस्पायरीङ र पुम्सेतर्फ गोल्ड मेडल प्राप्त गर्नेहरुमा लिम्बु युनिक,रार्इ सरीन,लिम्बु सीतल । महिला तथा पुरुष खेलाडीहरुमा र्इस्पायरीङ र पुम्सेतर्फ  सिल्भर मेडल  प्राप्त गर्नेहरुमा इस्तिङगनाह,वीवीइन् युलियती,लिम्बु निङवा,लिम्बु चन्द्रमान,मारीयाती,श्री नुर इनी,लिम्बु दिल प्रसाद,रार्इ मिलन,सुवित सम्वाहाम्फे रहेका छन् । महिला तथा पुरुष खेलाडीहरुमा र्इस्पायरीङ र पुम्सेतर्फ  ब्रउन्ज मेडल प्राप्त गर्नेहरुमा रार्इ राहुल,तुमीनी,इस्तिमाहोम,कोमारीह,श्री उमीयाती र लिम्बु दीक्षाले ब्राउन्ज मेडल प्राप्त गरेका छन् ।  एभरेष्ट तार्इ क्वान दोएकेडेमीको तर्फबाट सहायक र्इन्स्ट्रक्टरहरुमा दिल प्रसाद लिम्बु,मिलन रार्इ,सुदीप,केशव तुम्वाहाम्फे,सुवान्ती,मनिराज लिम्बु,सुरेन्द्र लिम्बु,सुवित सम्वाहाम्फे खेल संयोजनका लागि उत्कृष्ठ भूमिका निभाएका थिए । स्मरण रहोस एभरेष्ट ताई क्वान दो एकेडेमीले प्राय हङकङमा सञ्चाल गरिएका ताई क्वान दो खेलहरुमा उच्च स्थान हासील गर्दै आएको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)