HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार हंगकंगमा माओवादी पार्टी मिल्यो

हंगकंगमा माओवादी पार्टी मिल्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

हंगकंग, २०१२ जनवरी २६, लामो समयदेखि दुई समूहमा विभाजित भएको भनिएको एनेकपा माओवादीको हंगकंग कार्यकर्ता समूहहरु बीच गत २५ जनवरीका दिन एनेकपा माओवादीकी केन्द्रीय सदस्य एवं सभासद ओनसरी घर्ती मगर, किंरात राज्यसमिति सदस्य एवं सभासद सुदन किरांती र प्रचार राज्य समिति सदस्य मनोज घर्ती मगरको रोहबरमा एकता भएको छ। 

सन् २०१० अक्टोबर १० मा सम्पन्न भएको हंगकंग माओवादी समितिको भेलामा आन्तरिक जनवादको उलंघन गरिएको बताउंदै पवन बस्नेतको नेतृत्वको समूह र पूर्ण लोकसमले नेतृत्व गरेको समूहहरुले छुट्टा छुट्टै रुपमा हंगकंगमा माओवादी पार्टीको गतिविधि गर्दै आएका थिए। दुई समूह बीचको द्धन्द्धका क्रममा एकले अर्को समूहका सदस्यहरुलाई कार्वाही गरेका वक्तव्यबाजीहरु पनि गरेका थिए।

यस अघि गत मार्च महिनामा माओवादी स्थायी समिति सदस्य देव गुरुंग सहितको टोलीले पनि दुर्व समूहलाई मिलाउने प्रयास गरेको थियो। तर देव गुरुंगले दिएको निर्देशनलाई नै उलंघन गरेको बताइए पछि सहमति तोडिएको थियो। त्यसै कारण मिल्नै लागेका माओवादी कार्यकर्ताहरु पनि त्यस बेला फेरी विपरित ध्रुव तर्फ लागेका थिए।

यसरी विभाजित भएपछि मोर्चाहरुले विस्तारै पार्टीका सदस्यहरुलाई नमिल्दासम्म आशन ग्रहण नगराउने भन्दै गत २४ तारिख सम्पन्न भएको मगर मुक्ति मोर्चाको छलफल कार्यक्रममा हंगकंग पार्टीका कुनै पनि समूहका प्रतिनिधिलाई आशन ग्रहण गराएको थिएन। केन्द्रीय सदस्य नै उपस्थित भएको कार्यक्रममा स्थानीय पार्टीको प्रतिनिधिलाई आशन नगराउने सम्मको स्थिति भएपछि आफुले पार्टी कार्यकर्ताहरुलाई मिलाउन विशेष पहल गरेको कुरा केन्द्रीय सदस्य तथा सभासद ओनसरी घर्तीले बताएकी थिइन्।

खास गरी माओवादी पार्टीको केन्द्रमै विभिन्न गुटहरु सृजना भई एकले अर्काका विरुद्ध लाञ्छनाहरु ल्गाउन थाले लगत्तै नेपालमा र विदेशमा पनि पार्टीका भातृ संगठनहरु र शाखा समितिहरुमा समानान्तर गुटहरु सृजना भएका थिए। गत महिना सम्पन्न भएको केन्द्रीय समिति बैठकले मोहन वैद्य समूह र प्रचण्ड समूह बीच शान्ति र संविधानको एजेण्डामा एक जाने भनी गरेको निर्णय पश्चात नै माओवादीका नेताहरु एकता सन्देश दिन नेपालभर देश दोडाहामा हिंडेका छन्। र त्यसै शिलशिलामा मगर मुक्ति मोर्चाका एक भेटघाट कार्यक्रममा सहभागी हुन हंगकंग आएकी केन्द्रीय सदस्य एवं सभासद ओनसरी घर्ती मगर, किरांत राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनमा भाग लिन आएका किंरात राज्य समिति सदस्य तथा सभासद सुदन किंराती र प्रचार राज्य समिति सदस्य तथा पत्रकार मनोज घर्ती मगरको दबावका कारण अन्ततः पवन बस्नेतले नेतृत्व गरेको समूह र कार्यवाहक सचिव जस बहादुर ओख्राबुले नेतृत्व गरेको समूह बीच एकता भएको हो।

एकता समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य घर्ती मगरले सबै नेपालीहरु एक भएर शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र नयां नेपालको संविधान लेख्ने कार्यमा लाग्नुपर्नेमा सरकारकै नेतृत्व गरेको पार्टीको विभिन्न समितिहरुमा फुट आउनु दुखदः भएको बताउंदै आगामी दिनमा पार्टीले आफ्नो सम्पूर्ण शक्ति शान्ति र संविधानमा केन्द्रित गर्ने बताइन्। केन्द्रमा पार्टी एक भइसकेकाले अब कहीं कतै कुनै प्रकारको विचारको नाममा गुटहरु हुन नहुने धारणा उनले राखिन्।

एकता वार्ता र समझदारी समारोहमा २०१० अक्टोबर १० तारिखका दिन गठन भएको कार्यसमितिबाट छुट्टै समूह बनाइ काम गर्दै आएका पवन समूहका ९ जना पूर्ण सदस्यहरु उपस्थित भएका थिए भने जे.बी. ओख्राबुले नेतृत्व गरेको समूहबाट  ५ जना पूर्ण सदस्यहरु उपस्थित भएका थिए। साथमा विभन्न मोर्चाका सदस्यहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

सहमति अनुसार सन् २०१० अक्टोबर १० का दिन गठन गरिएको २५ सदस्यीय कार्यसमिति यथावत रहने भएको छ भने यस बीचमा दुर्वतर्फबाट भए गरेका आय व्यय विवरण सामूहिक रुपमा बैठकमा छलफल गरिने भएको जनाइएको छ।

 
Comments (1)
बिदेश्मा पनि माओवादी यो त हजम भएननी
1 Friday, 27 January 2012 21:36
harke
बिदेश्मा पनि माओवादी यो त हजम भएननी ,यो हङ्कङ मा मरि मरि काम गरेर फेरि माओवादी काङ्रेस के को लागि होला ??यिनी हरूले नेपाल् बाट लखतेर बिदेश पुर्याए फेरि त्यहा पनि सोझा जनतालाई चुस्न छोदेनन ,कती चन्दा उठाउ छौ हो तिमी हरू ,बिदेश्मा त आरम सँग काम गर्न देउन हो ,यो रज्नितिक पार्टीले जनतालाई राहत भन्दा दुख्ह धेरै दिये बा ,सकिएन यो माओवादी केको र कस्को लागि हो ??नेपाल्मा हङ्कङ मा मरि मरि काम गरेर बाचाको पैसा नेपालका हैजा कार्यकर्ता पाल्न होला होईन थुइक्क!

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)