HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार लाली गुंरास सांझ ८ मा दर्शकले निक्कै मनोरञ्जन लिए

लाली गुंरास सांझ ८ मा दर्शकले निक्कै मनोरञ्जन लिए

E-mail Print PDF
AddThis Social Bookmark Button

 

२०१२ जनवरी २५,  लाली गुंरास एशोसियएसन हङकङले चुनवान स्थित चुनवान टाउनहलमा लाली गुंरास सांझ ८ को आयोजना गर्याे । कार्यक्रमममा आएका कलाकारहरुले दर्शकहरुलाई निक्कै मनोरञ्जन दिए ।

 

लाली गुंरास सांझ ८ मा नेपथ्य बैण्डका प्रमुख अमृत गुरुङ, द एज बैण्डका प्रमुख जीवन गुरुङ , र भारतबाट आएका नृत्य कलाकारहरु र हास्य कलाकार मुन्द्रेले दर्शकहरुलाई निककै हसाउनुका साथै सचेत समेत गर्दै जानकारी मूलक सन्देश समेत दिए ।

नेपथ्य ब्याण्डका अमृत गुरुङले हामी नेपाली जो जहा रहेता पनि हामी नेपाली हौं त्यसैले कसैले पनि नेपाली भाषा, संस्कार संस्कृति,कला, र नेपालीत्व भुल्यो भने त्यसले आफनो अस्त्तिव र पहिचान पनि भुल्ने सन्देश दिए । साथै उनले थपभने हामी विभाजित अवस्थाको नेपाल नभई समंग्र नेपालको पक्षमा र शान्त नेपालको आवाज कार्यक्रम लिएर देश भर सन्देश मूलक कार्यक्रम गर्दै आएको पनि उनले वताए ।

नेपथ्य बैण्डका प्रमुख अमृत गुरुङ र उहाका सहयोगी कलाकार मित्रहरुले करीब १ घण्टा भन्दा बढीको समय लिएर,हुस्सो र कुईरोले, गोंधुली सांझमा, चरी मार्यो शिशैको गोलीले, खान्न म त लालापाते सुरती, हे साइली, जीवन हो घाम छांया, आकाशबाट, सर र र रेलैमा, मायाले हुन्छ सम्झना, रेश्म फिरीरि र सालको पानी माछिले खानी लगायतका विभिन्न लोक प्रिय गीतहरु गाएर दर्शलाई नाच्न बाध्य वनाएका थिए।

द एज बैण्डका प्रमुख जीवन गुरुङ र उहाका सहयोगी कलाकारहरुले, करीब दश वटा गीतहरु पस्किन सफल भएका थिए, मेरो आंशु तिम्रो लागि, जीउनलाई ग्राहो भयो, सम्झिने मुटु लगायतका केही आफना लोक प्रिय गीतहरु गाएका थिए ।

नेपाली हास्यकलाकार मुन्द्रेको राजनीतिक ब्याङग्य पनि निक्के चोटीलो र रोमाञ्चक रहेको थियो । जसको कारणले पनि मुन्द्रे हरेब बर्ष स्थान पाउदै आउका छन ।

स्मरण रहोस लाली गुंरास एशोसियएसन हङकङले हरेक बर्ष चर्चित कलाकारहरु लिएर दर्शकलाई निक्कै मनोरञ्जन दिंदै आएको छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)