HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार हङकङमा ’तिमीले बुझिदिदा’ चलचित्र प्रदर्शन

हङकङमा ’तिमीले बुझिदिदा’ चलचित्र प्रदर्शन

E-mail Print PDF
AddThis Social Bookmark Button

 

२०१२ जनवरी २२, संयुक्त युवा संगति हङकङको आयोजनामा चिम्साचूई स्थित कम्युनिटीहलमा माथिया सुब्बा द्धारा निर्मित नेपाली कथानक चलचित्र ’तिमीले बुझिदिंदा’ प्रदर्शन भएको छ ।

 

उक्त चलचित्रको प्रदर्शन संयुक्त युवा संगति हङकङ तेस्रो बर्षमा प्रवेश गरेको सुखदअवसरमा प्रदर्शन गरिएको हो । कार्यक्रममा संयुक्त युवा संगति हङकङमा आवद्ध भक्तजनहरुले विविध धार्मिक प्रार्थना तथा भजनहरु प्रस्तुत गरेका थिए ।

तेस्रो बार्षिक कार्यक्रमको सञ्चालन सोवितमान मगरले सञ्चालन गरेका थिए । कार्यक्रममा तमाम भक्तजनहरुले भाग लिएका थिए । जसमा, सीता गुरुङ, सञ्जोग लिम्बु, सोवितमान मगर, लीना मगर, ओल्का सुनुवार, जोए गुरुङ, ब्याण्ड ब्रोदर्स, ज्ञानु पुलामी, राजु बराईली, सञ्जीव राई, माथीया सुब्बा लगायतका महानुभावहरुले कार्यक्रममा गीत संगीत र नृत्यमा प्रत्यक्ष सहभागिता सहित आफनो प्रस्तुती सहित कला प्रर्दशन गरेका थिए ।

औपचारीक विविध गीत, संगीत र नृत्य पश्चात करीब ८० मिनेटको नेपाली चलचित्र तिमीले बुझिदिंदा प्रदर्शन गरिएको थियो ।

 

 
Comments (1)
Thank you
1 Thursday, 26 January 2012 02:39
Mathias Subba
Thank you for the news.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)