HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार हङकङका भलिबल खेलप्रेमीहरूले भलिबल प्रतियोगिता हेरेर मनोरन्जन गरे

हङकङका भलिबल खेलप्रेमीहरूले भलिबल प्रतियोगिता हेरेर मनोरन्जन गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

२२ जनवरी २०१२ हङकङ
हङकङमा सबै भन्दा धेरै सार्वजनिक बिदा हुने चाइनिज नयाँ बर्षको अवसर पारेर बिगतको बर्ष झै यो बर्ष पनि बाग्लुङ समाज हङकङले आईतवारको दिन चुनमुन बटरफलाई बिचमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । हङकङका बिभिन्न संघ सस्थाहरू मध्य बार्है महिना कुनै न कुनै संघ सस्थाहरूले भलिबल प्रतियोगिता गरिरहने उक्त स्थानमा यस पटक बाग्लुङ समाजले आयोजना गरेको भलिबल प्रतियोगिता हेर्न चाइनिज नयाँ बर्ष पारेको हुनाले दर्शकहरूको भिड बाक्लो रहेको थियो ।

बिभिन्न ११ टीमले भाग लिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा पर्वत टिमले पुन टिमलाई पराजित गरि प्रथम पुरस्कार ६,००० हङकङ डलर नगद राशीको साथमा मेडल तथा कप हात पार्न सफल भएको छ । प्रथम हुने टिमलाई भुपाल चन्द्र रानाले २,००० हङकङ डलर र राम चन्द्र पन्तले १,००० हङकङ डलर स्व-इच्छाले प्रदान गरेका थिए । दोश्रो पुरस्कार प्राप्त गर्ने पुन टिमले ४,००० हङकङ डलरको साथमा मेडल तथा कपमा चित्त बुझाएका छन् भने सेमीफाइनलमा पुन टिम सँग पराजित घन्द्रुक टिम र पर्वत टिम सँग पराजित बाग्लुङ ए टिमको प्राप्त नम्बरको आधारमा घान्द्रुक टिमले तेश्रो पुरुस्कार २,००० हङकङ डलर नगदको साथ मेडल प्राप्त गरेका छन् । ढम्पुस,बाग्लुङ ए, सङ्खुवासभा,पर्वत, बाग्लुङ बि,खोटाङ,वानचाई,घान्द्रुक,ताउँलेक,पुन र स्याङ्जा गरेर एघार टिमको सहभागिता रहेको थियो । बेस्ट पेलेयर पुन टिमका खेम पुन र बेस्ट डिफेण्डर पर्वत टिमका बिष्णु गुरुङलाई प्रदान गरेको थियो । लालकाजी राना,रबिन्द्र थापा मगर,मन बहादुर गुरुङ,याम गुरुङको समूहले निर्णायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

बाग्लुङ समाजका अध्यक्ष याम बहादुर बुढाथोकीको अध्यक्षतामा पुरुस्कार बितरण समारोहकी प्रमुख अतिथि एकिकृत नेपाल कम्यूनिष्ट पार्टी माओवादीकी केन्द्रीय सदस्य, सभासद तथा पूर्व युवा तथा खेलकुदमन्त्री ओनसरी घर्ती मगरले खेलाडीहरूलाई अबिरको साथमा मेडल तथा प्रमाण पत्र प्रदान गरेकी थीईन् । उक्त पुरुस्कर बितरण समारोहमा ओनसरी  घर्ती मगर संगै अर्थ मन्त्री बर्षमान पुनका प्रेस सम्योजक तथा अनिजका केन्द्रिय सचिवालय सदस्य मनोज घर्ती मगरको पनि उपस्थिती रहेको थियो ।          

                                                               

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)