उक्त भेटभाट कार्यक्रममा सुप्रिम मास्टर गड एञ्जल संग पत्रकारहरुले राखेको एक प्रश्नको जवाफ दिदै सुप्रिम मास्टर गड एञ्जलले भने हेवेन्लीपाथ हङकङ धार्मिक संस्था होइन ।
कार्यक्रममा पत्रकारहले सुप्रिम मास्टर गड एञ्जलको नामका सम्बन्धमा, उनको विगतको राजनीतिक गतिविधि, किरांत धर्म, विभिन्न समयमा दिएको अभिव्यक्ति, प्रवचन, शब्द कोषमै नभएका शब्द, सगरमाथाआरोहणका क्रममा प्रेमवाद र गौतमबुद्ध संदेश अंकित झण्डा किन फरफराइयो लगायतका विभिन्न प्रश्नहरु ग्रिएको थियो ।
पत्रकारहरुमा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, सनराईज साप्ताहिकका रुद्र न्याल्वो, हङकङ नेपाली डटकमका नेत्र पहराईमगर, मूलबाटो डटकमका अधिराज राई र पिताम्बर राई, खोटाङ ओआरजीका किन्दर राई, नेप्सटाईमका सन्तोष तामाङ लगायतका पत्रकार महानुभावहरुले विभिन्न प्रश्नहरु गरेका थिए ।
श्री स्वामी वाल तपस्वी सत्गुरु ॐनन्द सुप्रिम मास्टर गड एञ्जलले सबै प्रश्नको जवाफ दिदै हेवेन्लीपाथको अन्तिम निचोड प्रेमवाद भएको र प्रेममै विश्वास गर्ने दावी गरे । जुन प्रेमवादमा मात्रै विश्व शान्ति पाइन्छ र प्रेमलेनै शान्ति दनिे दावी गरे । उनले थप भने प्रेमलाई जगाएर मात्र व्यक्ति, परिवार, राष्ट्र र विश्वमा शान्ति ल्याउनु प्रेमवादको प्रमुख लक्ष्य भएको दावी समेत गरे । हेवेनलीपाथ कुनै धर्म होईन नत यो अध्यात्मिक । सोही कारणले गर्दा नेपालको विभिन्न जिल्लामा पनि हेवेनलीपाथको सामाजिक सेवाका कार्यहरु विस्तार गरिदै लगिएको समेत वताए ।
सुप्रिम मास्टर गड एञ्जलले २२ जनवरी २०१२ का दिन मध्यायन्ह देखि चुनमुन स्थित एक विधालयको सभाहलमा वृहत ध्यायन तथा प्रवचन दिने कार्यक्रम रहेको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रमको सभापतित्व हेवेनलीपाथ हङकङका अध्यक्ष चेत बहादुर गुरुङले गरेका थिए भने संञ्चालन महासचिव गया राईले गरेकी थिईन । उपस्थित महानुभावहरुलाई सचिव गणेश जंग रानाले आफनो मन्तव्य सहित स्वागत गरेका थिए ।



















thank you for the HKNepali.com for this great news.