HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home हङकङ समाचार शहरमा बस्नेलाई पनि सोलारमा अनुदान

शहरमा बस्नेलाई पनि सोलारमा अनुदान

E-mail Print PDF
AddThis Social Bookmark Button

    * प्रति परिवार १० हजार रुपैयाँ अनुदान
    * तत्कालै १ लाख परिवार लक्षित

दिनेश कार्की, काठमाडौं चैत्र १३

तपाई शहरमा बस्नुहुन्छ र लोडसेडिङबाट मुक्त हुन सोलार जोड्दै हुनुहुन्छ? केही समय पर्खनुहोस्। सरकारले शहरी क्षेत्रमा पनि सोलारबाट विद्युत बाल्न अनुदान दिने भएको छ।

अनुदानको सोलार जडान गर्न भने केही समय पर्खनु पर्नेछ। मन्त्रिपरिषद्को यही चैत्र ५ गते बसेको बैठकले शहरी सौर्य कार्यक्रम अन्तर्गत सोलार प्रणालीबाट विजुली बाल्न १० लाख घरधुरीलाई प्रति परिवार १० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।

२० वाटको बत्ती बाल्ने सोलार प्रणालीका लागि प्रतिपरिवार उक्त परिमाण बराबरको रकम अनुदान दिने भएको हो। शहरी सौर्य कार्यक्रम अन्तरगत तत्कालै १ लाख घरधुरीमा सोलार जडानका लागि रकम वितरण गरिने मन्त्रिपरिषद् स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार २० वाट भन्दा माथिको सोलार प्रणाली जडान गर्ने हो भने सरकारले अनुदान रकम दश हजार रुपैयाँ भन्दा बढी दिंदैन।

२० वाटको सोलार प्रणाली जडान गर्न सरदर २० हजार रुपैयाँ खर्च हुन्छ। २० वाटको सोलार प्यानल ४ घण्टा लगातार घाममा चार्ज भयो भने त्यसबाट ३ वटा बत्ती बाल्न सकिन्छ। २ सय ५० वाटको सोलार प्रणालीबाट टेलिभिजन पनि हेर्न मिल्ने प्राविधिकहरु बताउँछन्।

प्रचलित बजार भाउ अनुसार सोलार जडान गर्न प्रतिवाटको खर्च १ हजार रुपैयाँ लाग्ने गर्छ।

सरकारले यो कार्यक्रम कार्यान्वयनको लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रलाई आधिकारिक निकाय तोकेको छ। राष्ट्रिय विद्युत संकट निरुपण कार्य योजनामा यो कार्यक्रम लगायत अन्य तीन बुँदा मन्त्रिपरिषद्को निर्णयबाट थप गरेको छ। थप गरेका बुँदाहरु प्रसारण लाइन र उद्योगबाट उत्पादित विजुली खरिद सम्बन्धी रहेका छन्।

यसैगरी सवै ग्रामीण क्षेत्रमा यसअघि सोलारमा रहँदै आएको अनुदान कार्यक्रमले पनि निरन्तरता पाउने भएको छ। लोडसेडिङबाट उपभोक्तालाई राहत दिन ल्याइएको शहरी उर्जा कार्यक्रम प्रगतिशील किसिमले मिलाइएको दाबी

जलस्रोत मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको छ। उनले भने- ´सोलारको प्रयोग भयो भने विद्युत बचत हुन्छ।´

सोलारबाट बढी उत्पादन भएको विद्युत केही उपकरण राखेपछि ग्रीडमा पनि जोड्न मिल्ने सचिव कोइरालाले बताए।

सोलारबाट विजुली उत्पादन गर्न सरदर प्रति वाट १ हजार रुपैयाँको लागत पर्न आउँछ। २० वाट वा त्यो भन्दा माथि जतिसुकै क्षमताको सोलार प्यानल जडान गरेमा पनि १० हजार रुपैयाँ सरकारले अनुदान दिन्छ।

साभार : दैनिकी

 
Comments (3)
happy for this news
1 Wednesday, 03 February 2010 17:21
Anita Shrestha
I m very happy to saw this message beacuse in the context of Nepal not only poor peole in rural area urban area also a lot of urban poor peopl if this programme lunch goverment many urban poor people are benifet.
HI
2 Wednesday, 31 March 2010 13:55
aditya_paudel@yahoo.com
Kahile ko aepc batta manyata prapta ho.
Good News!!!!!!!!!!!!!
3 Tuesday, 14 September 2010 12:42
Prabin Pramod Khatiwada
I just say Thank a lot......

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)