२०११ डिसेम्वर ३, हङकङ ट्रेड डेभलोपमेन्ट काउन्सीलको आयोजनामा गत डिसेम्बर १ देखि ३, २०११ सम्म एस एम ई विश्व मेलाको आयोजना वानचाई स्थित हङकङ कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा सम्पन्न भएको छ । उक्त मेला हरेक बर्ष आयोजना हुदै आएको छ । यो मेला विशेषत आफनो देशमा उत्पादन हुने वस्तुभाउहरुको प्रचार प्रसार र त्यसको प्रवद्र्धनका लागि गरिदै आएको छ । साना तथा मध्यम स्तरका व्यवसायको प्रचार प्रसार र व्यापर प्रवद्र्धनका लागि हरेक बर्ष यस खालको मेला हङकङमा ओयोजना हुदै आएको छ । यो खालको राष्ट्रिय औधोगिक मेला नेपालमा पनि नेपाको राष्टिय औधिोगिक प्रदर्शनीले बर्षको दुई पटक आयोजना गर्दै आएको छ । यस पटकको विश्व एस एम ई औधोगिक मेलामा नेपाको तर्फबाट हात बाट उत्पादित वस्तु र नेपाली खानाहरुको प्रदर्शनी गरिएको छ । जसमा नेपाली ढाका टोपी, हातले बुनेका साना ठूला झोला, काठका झ्यालहरु, वांसका चुरा, नेपाली सुकुटी लगायतका विभिन्न हेण्ड मेड सामान तथा नेपाली वस्तुहरुको प्रदर्शनी नेपालको तर्फबाट गरिएको छ ।
यो हरेक बर्ष व्यपार प्रवद्र्धनका लागि गरिने मेला हो । उक्त एस एम ई विश्व औधोगिक मेलाको व्यपार व्यसाय प्रर्वद्धनको मेलामा भने हङकङ स्थित च्याम्वर अफकमर्स र महाबाणिज्यदूतको भने कतै संलग्नता रहेको थिएन । जहा अन्य देशका च्याम्बर अफ कमर्स र महाबाणिज्यदूतको कार्यालयले आफनो देशमा उत्पादिन हेण्ड मेड सामानहरुको प्रदर्शनी र त्यसका बारेमा जानकारी र प्रवद्र्धनका लागि विभिन्न जानकारी तथा सूचना मूलक वस्तुहरु राखेर सहभागिता जनाएको देखिन्थ्यो ।
हङकङमा आयोजित एस एम ई विश्व औधोगिक मेलामा प्राय हरेक देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त मेलामा नेपालबाट नेतृत्व गरेर आएका टिम प्रमुख सत्य नारायण पराजुलीले किन हङकङ स्थित च्याम्वर अफ कमर्स र महाबाणिज्यदूतको संलग्नता नभएको भन्ने प्रश्नमा अनभिज्ञता जनाए । उनले प्रति प्रश्न गरे साथीहरु नेपाल जांदा हङकङ र चीनमा यो छ त्यो छ, अनि यस्ता खालका संस्थाहरु छन, भनेर गफ गर्छन तर काम केही नभएको गुनासो पोखे । अन्य देशका च्यमब्र अफ कमर्स र महावणिज्यदुतको सहभागिता हुदा हाम्रो नेपालीको पनि सहभागिता भएको भए हामीले गौरव गर्ने थियौ भन्दै उनले आफनो प्रतिक्रिया दिए ।

















