HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार न्यून दर्शकका बीच "हङकङका नेपाली" नामक वृतचित्र प्रदर्शन

न्यून दर्शकका बीच "हङकङका नेपाली" नामक वृतचित्र प्रदर्शन

E-mail Print PDF
AddThis Social Bookmark Button

२०११ नोभेम्वर ३, साप्ताहिक एभरेष्ट मिडियाको आयोजनामा जोर्डन स्थित पाकिस्तानी क्लवमा बिहीवारको साँझ बेलुकी ७:३० देखि ९ बाजे सम्म र ९ बजे देखि १०:३० बजे सम्म गरेर दुई शो "हङकङका नेपाली" नामक वृतचित्र  प्रदर्शन भएको छ । करीब ९० मिनेटको समय अवधी रहेको उक्त वृतचित्रमा हङकङको विभिन्न पर्यटकीय स्थानको झलकहरु रहेको थियो । केही नेपाली संघ संस्थाका प्रतिनिधि तथा व्यापार व्यवसायी कलाकार र सर्वसाधरणको जनजीवनबारे पनि केही झलकहरु वृतचित्र भित्र कैद गरेका छन् । उक्त वृतचित्रको निर्माता हिमाल खबर पत्रिकाका बिशेष संवाददाता डम्बरकृष्ण श्रेष्ठ हुन् । उनले छोटो अवधीमा सिमित समयको रिपोर्टीङकै आधारमा हङकङका नेपाली नामक वृतचित्र निर्माण गरेका थिए ।

वृतचित्रमा विशेषत ऐतिहासिक,सांस्कृति,प्राकृतिक आदि दृष्टिले महत्वपूर्ण स्थल घटना आदि संग सम्बन्धीत पक्षलाई मध्यनजर राखेर जानकारी दिने उद्देश्यले बनाइएको वृतचित्रलाई वृतत्रिच भन्ने गरिन्छ । यधपि उक्त वृतचित्रमा यी यावत पक्षहरुमा नजरअन्दाज लगाएको देखिन्छ । वृतचित्र हेरेर फर्कने दर्शकहरुले हङकङमा बसोबास गर्ने नेपालीका लागि भन्दा पनि अन्य देशमा बसोबास गर्ने नेपालीहरुका लागि बढी सान्दर्भिक हुने राय राखे । तर छोटो समय र सबै तह र तप्काका महानुभावहरु र ऐतिहासिक,सांस्कृति,प्राकृतिक क्षेत्रलाई समेटन नसकेकोलाई भने नकार्न सकिने छैन । तथापि निर्माताले छोटो समयमै गरेको प्रयासको भने सरहना गर्न सकिन्छ ।
उक्त वृतचित्र यूनलुङगको टाउनहलमा यहि ६ नोभेम्बर २०११ म पनि प्रदर्शन हुन गइरहेको छ ।

स्मरणरहोस हिम बहादुर थापा द्द्वार निर्मित यस्तै नाम सँग मिल्दो जुल्दो ऐतिहासीक वृतचित्र "हङकङ नेपाली" डिसेम्बरको अन्तिम तिर हङकङका हलहरुमा प्रदर्शन हुने जनकारीका साथ बजारमा पम्प्लेटहरु बितरण गरेका छन् । उक्त वृतचित्रमा १८४१ देखि २०११ सम्मको सबै पक्षलाई समेतिएको पम्प्लेटमा लेखेका छन् । उक्त वृतचित्रको लगानी ठुलै भएको र निकै लामो समय लगाएर निर्माण गरेका छन् ।

 
Comments (2)
यसलाई पनि बृत्तचित्र भन्छन र ?
1 Saturday, 05 November 2011 03:05
हङकङको ठिटो
सम्पादकज्यू के हो बृत्तचित्र र झोले भिडियोमा पनि अन्तर देखिन्दैन ? फोटो हेर्दा त फिल्ममा आएका मात्रै हेर्न गएका जस्तो छ । साथीलाई सोधेको त्यो भिडियो त एकराजको गुणगान गाउन र उसका २-४ जना भरौटेलाई हेर्दैमा जान्छ रे नी समय । सांचो हो कुरो ? डम्बरले प्लेनको टिकटको पैसा निकाल्न मात्र हंगकंगमा देखायो । बुढीले भिडियो खिच्ने बुढा कुरागर्दै हिडेंको पनि डकुमेन्ट्री हुन्छ ?
डम्बरकृष्णले गरेको एउटा भुल
2 Saturday, 12 November 2011 01:25
कौडाका पारखी
हङकङका नेपाली भन्ने डकुमेन्ट्रिमा क्यासिनो लाईन स्थित गोर्खा समाधीमा पुर्खाहरुको सम्झनामा फूल चढाउँदा मगरहरुले बिशेष पर्वहरुमा नाच्ने कौडा गीतको धुन राखेको देखियो । एस्तो पुर्खालाई सम्झने बेलाको क्षणमा सकेसम्म सोकधुनहरु राखेको भए राम्रो हुने थियो । कौडाका पारखीहरुलाई यो गीत बज्दा भित्र मन देखि रमाइलो खालको उर्जा मिल्छ र नाचौ नाचौ हुन्छ तर पुर्खालाई सम्झने क्षणको त्यो बेलामा बजाईएको कौडा गीतको धुनले कति पनि न्याय गरेन ।

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)