HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार लाङघाली कल्याण समाजले दीपावली सांझ भव्यरुपमा सम्पन्न गर्यो

लाङघाली कल्याण समाजले दीपावली सांझ भव्यरुपमा सम्पन्न गर्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

२०११ अक्टोवर २४,लाङघाली कल्याण समाज हङकङको आयोजनामा जोर्डन स्थित याक एण्ड यत्ती रेष्टुरेण्टमा विगत बर्ष झै यस बर्ष पनि विविध कार्यक्रम सहित नेपालीहरुको महान चाड तिहारको उपल्क्षयमा शुभकामना आदान प्रदान तथा दीपावली सांझ कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि मगर सघ हङकङ अध्यक्ष एम बी थापामगरले दीप प्रज्जवलन गरेर कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा विभिन्न महानुभावहरुलाई प्रंसशा पत्र दिएको थियो । प्रमुख अतिथिले आफनो शुभकामना मन्तव्यमा बडा दशै र तिहार पर्व हामी सबै नेपालीको हो भन्दै सबैमा सुख शान्ति, सु स्वास्थ्य दीर्घायु चिरायूको कामना संगै हङकङ सरकारले अवलम्बन गरेको अल्पसंख्यक समुदायका लागि दिने विभिन्न सुविधाका सम्बन्धमा जानकारी दिएका थिए ।

नेपालीको दोस्रो ठूलो महान पर्व तिहार आज देखि सुरु भएको छ । हिंज सांझ याक एण्ड यती रेष्टुरेण्टमा  विविध गीत संगीत नृत्य, दैउसी र्भइलो र हुर्रा नृत्यले हल तिहारमय वनाउन सफल भएको थियो । मध्यराती खेलिएको दैउसी भइलो कार्यक्रममा उपस्थित महानुभावहरुले दानस्वरुप कार्तिके दान दिएका थिए । हलमा उपस्थित महानुभावहरुले खचाखच भरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष एम बी थापा मगरको साथमा अन्य अतिथिहरु मगर संघ हङकङका निवर्तमान अध्यक्ष तथा हङकङ नेपाली डटकमका टिम प्रमुख नेत्र पहराईमगर, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष भुपेन्द्र चेम्जोङ, समाजका निवर्तमान अध्यक्ष तथा युवा व्यवसायी टंक रानामगर,पूर्व अध्यक्ष उदय थापामगर, एन आर एन हङकङका उपाध्यक्ष शत्रुधन उदास। नेवार समाजका अध्यक्ष मणिकलाल श्रेष्ठ, एभरेष्ट मिडियाका सम्पादक तथा प्रवन्धक किसन राई लगायतका विभिन्न महानुभावहरु अतिथिको रुपमा रहेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व लाङघाली कल्याण समाजका अध्यक्ष गोपाल थापा मगरले गरेका थिए भने सञ्चालन उपाध्यक्ष गायत्री थापाले गरेकी  थीईन् । उपस्थित सम्पूर्ण महानुभावहरुलाई भू पू उपाध्यक्ष तथा वर्तमान सल्लाहकार प्रेम रानामगरले आफनो मन्तव्य सहित स्वागत गरेका थिए ।

 

 
Comments (1)
Thanks
1 Thursday, 27 October 2011 23:24
Thule Ido uk
Menu many thanks, And Wishing a very Happy Deepawali 2068! HK Langhali Kalyan Samaj,Ko Mitra Haru Lai !

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)