HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार चीनको झुहाई शहरमा नेपाल पर्यटन बर्ष - २०११

चीनको झुहाई शहरमा नेपाल पर्यटन बर्ष - २०११

E-mail Print PDF
AddThis Social Bookmark Button
चीन, २९ मे २०११, चीनको झुहाई शहर को ओक्स्फोर्ड स्ट्रिटमा ‘नेपाली मेला’ भब्य रुपमा सम्पन्न भयो। नेपाल सरकारको आह्वान अनुसार नेपाल पर्यटन बर्ष-२०११ को प्रबर्द्धन गर्ने उद्देश्यले हङकङका बरिष्ठ कलाकारहरु हरि श्रेष्ठ र चेतमान गुरुङ्गको बिशेष सक्रियतामा सो कार्यक्रमको आयोजना गरिएको थियो। 
 
चीनका लागि नेपाली राजदूत टंक प्रसाद कार्कीले चीनको प्रचलित बाजा ढोल बजाएर उदघाटन गरिएको कार्यक्रममा हङकङका महा-वाणिज्यदूत बिनोद कुमार उपाध्याय लगायत TPR का संस्थापक सिमोन झू,जुली चेंग,पेट्रिकका साथै स्थानीय शहरका मेयर लगायत अन्य बिशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो। 

कार्यक्रमको दोश्रो चरणमा हङकङक बरिष्ठ कलाकारहरु गायक चेतमान गुरुङ र तबला बादक हरि श्रेष्ठका साथै देवी थापा,मोहन बि क ,कृष्ण भक्त महर्जन,तर्जुना थापा,धिरज लिम्बु अनि रितागुरुङले नेपालको राष्ट्रीय गानबाट शुरु गरेर अन्य नेपाली गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए। 

उक्त मेलामा नेपाली खाना, नेपालमा उत्पादन भएका सामानहरुको बिक्रि तथा प्रदर्शन गरिएको थियो। नेपाली पहिरन,नेपाली सामानका साथै चारै तिर नेपालको झन्डाहरु फहराई रहेको उक्त मेलामा आएका थुप्रै चिनियाँहरु हातमा नेपालको झन्डा लिएर गालामा नेपालकै झन्डा रंगाएर ढाका टोपी ढल्काएर नेपाली गीत र नृत्यहरुमा स्टेजमा गएर रमाउदै नाच्दा त्यो ठांउ चीन नभएर नेपालको कुनै एक शहर नै हो कि भन्ने भान पर्दथ्यो। 

मे २८ र २९ दुइ दिन सम्म चलेको उक्त मेला भब्य रुपमा सफल बनाउन हङकङ जस्तो ब्यस्त शहरमा रहेर आफ्नो कार्य व्यस्तताको बाबजूद पनि मातृभूमिको परिचय अन्य मुलुकका व्यक्तिहरुलाई गराउने जुन योगदान बरिष्ठ गायक चेतमान गुरुङ र बरिष्ठ तबला बादक हरि श्रेष्ठले गरे त्यो अति नै प्रसंसनीय हुनुका साथै अनुकरणीय भएको सहभागिहरु बताए। 

सो कार्यक्रममा हङकङबाट हङकङ नेपाली महासंघ, हिन्स, ए-वन सुपर मार्केट, नेपाल फेन्सी इम्पोरियम, नेवार समाज, भेटघाट इन्टरप्राइजेज, जेम्स मयूजिक ग्रुप आदिको उल्लेखनीय सहभागिता थियो।
 
 
 
Comments (1)
I love our peacefull Nepal ...
1 Tuesday, 15 November 2011 18:29
Rubina Dhonju
हङकङलाई कर्मक्षेत्र बनाएर तबलामा अन्तर्राष्ट्रिय परिचय बनाउन लागेका हरि श्रेष्ठ अहिले चिनियाँ साजमा तबला र मादलको ताल मिसाउन व्यस्त छन्। चीन, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड, मकाउ आदि ठाउँका साङ्गीतिक प्रस्तुतिका लागि सधैं वायुवेगमा रहने उनी शिरमा भादगाउँले टोपी र हातमा नेपाली झ्ण्डा कहिल्यै छुटाउँदैनन्। हङकङका ठूल्ठूला क्लबहरूमा हरिको तबला धुनका लागि महँगो टिकट बिक्री हुन थालेको छ। नेपाली सङ्गीतबाट स्तरीय जीविकोपार्जनसँगै राम्रो कमाइ गरिरहेका हरि भन्छन्, “तबला, टोपी, मादल र नेपाली झ्ण्डा लिएर कार्यक्रमहरूमा प्रस्तुत हुँदा मलाई नेपालले छोइरहेको अनुभूति हुन्छ।”

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)