HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home हङकङ समाचार फियोना हङकङ नेपाली महासंघबाट बाहिरियो

फियोना हङकङ नेपाली महासंघबाट बाहिरियो

E-mail Print PDF
AddThis Social Bookmark Button
६ सेप्टेम्बर। फियोना हङकङ नेपाली महासंघबाट बाहिरिएको छ। नेपालीहरुको छाता संगठन भएको हुनाले महासँघको क्रियाकलाप वर्षेनी शसक्त हुंदै जानु पर्नेमा विगत केही वर्ष देखि झन् मातहतका संस्थाहरुका एकल गतिविधि जति पनि भूमिका खेल्न नसकेको, हङकङमा बस्ने नेपालीहरुले गर्व गर्ने कार्य गर्नुकॊ सट्टा घर भाडा जस्ता साना तिना विवादहरुमा अल्झिएको जस्ता विषयहरुमा फियोना असन्तुष्ट रहिआएकोमा गत मे ९ २०१० मा सम्पन्न महासंघको अधिवेशनमा महासंघलाई अझ सशक्त बनाउने उद्धेश्यले फियोनाले विधान संसोधनको प्रस्ताव पेश गरेको र छलफल पछि ३ महिना भित्र विशेष अधिवेशन बोलाई विधान संसोधन सम्बन्धी कार्य गर्नको लागि सर्वसम्मत रुपमा महासंघको नेतृत्वलाई निर्देशन दिइएकोमा अधिवेशनको निर्देशनको अवज्ञा गर्दै हालसम्म पनि कुनै विशेष अधिवेशन नबोलाइंदा आफू सदस्य रहेको संस्थाको विधान र अधिवेशनको समेत अवमुल्यन गरिएकोले महासंघको सदस्यता त्यागेको फियोनाद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ।
 
प्रेस विज्ञप्ती

प्रवास हङकङमा बसोबास गर्ने नेपालीहरुको हक हितको लागि काम गर्ने उद्धेश्यले सन् १९९३ मा स्थापित सूदुर पूर्वी प्रवासी नेपाली संघ फियोना हङकङ ले आफ्नो स्थापनाकाल देखि हङकङमा बसोबास गर्ने नेपालीहरुका विविध विषयहरुमा निरन्तर रुपमा सकि्रय भूमिका खेलिरहेको छ भन्ने कुरा हङकङमा रहेका प्राय सबै नेपालीहरुलाई जानकारी भएको विषय हो। नेपाली संस्कृतीका विविध विषयहरुमा होस वा आप्रवासी कामदारहरुको हक हितका विषयमा होस् फियोना सधैं कि्रयाशिल रहेको छ। मानव अधिकार र प्रजातन्त्रको ग्यारेन्टीको विषयमा हङकङमा मात्रै होइन नेपाल लगायत कैयन् अन्तराष्ट्रिय मन्चहरुमा समेत फियोनाको तर्फबाट आवाज उठाउंदै आइएको व्यहोरा सर्वविदितै छ।

हङकङमा स्थापित सबै नेपाली संघ संस्थाहरुको छाता संगठन नेपाली महासंघको स्थापना गरी सबै नेपाली संघ संस्थाहरुलाई एउटै माचमा ल्याई नेपाली मूलका तथा आप्रवासीहरुको हक हितको निम्ति काम गर्ने उद्धेश्यले फियोना हङकङ समेतको सकि्रयतामा सन् १९९८ मा हङकङ नेपाली महासंघ नामक एक छाता संगठनको स्थापना गरिएकोमा सो महासंघको स्थापना काल देखि नै महासंघलाई बलियो तथा प्रभावशाली बनाई नेपालीहरुका विविध विषयहरुमा उल्लेख्य कार्यहरु गर्नको लागि यस फियोना हङकङले प्रत्यक्ष रुपमा संलग्न भई भूमिका खेल्दै आएको थियो। प्रतिबन्धित भिसा फुकुवा गर्ने विषयमा होस् वा गत वर्ष नेपाली युवा दिल बहादुर लिम्बुलाई प्रहरीद्धारा हत्या गरेको विषयमा होस् महासंघद्धारा आयोजित विरोध र्याली लगायतका विविध विषयहरुमा फियोनाले महत्वपूर्ण भुमिका खेलेको थियो। महासंघलाई वास्तवमै नेपालीहरुको छाता संगठन बनाउने सवालमा फियोनाको तर्फबाट महासंघका हरेक नेतृत्वहरुलाई सक्दो सुझाव तथा सहयोग उपलब्ध गराइएको थियो। महासंघका कैयन् सदस्यहरुले नेतृत्व प्रति असन्तुष्टी जनाउंदै महासंघको सदस्यता परित्याग गर्दा समेत फियोनाको तर्फबाट महासंघको आवश्यकताको वकालत गर्दै आइएको थियो र हङकङमा एक शसक्त कि्रयाशील नेपाली संघ संस्थाहरुको छाता संगठन अर्थात नेपाली महासंघको आवश्यकता रहेको कुरा प्रति फियोना सदैव वकालत गर्नेछ र यसको लागि आवश्यक सहयोग गर्न तत्पर छ।

नेपालीहरुको छाता संगठनका कि्रयाकलाप वर्षेनी शसक्त हुंदै जानु पर्नेमा विगत केही वर्ष देखि आफ्ना मातहतका संस्थाहरुका एकल गतिविधि जति पनि भूमिका खेल्न नसक्नु महासंघको नेतृत्वको कमजोरी रहेको थियो। हङकङमा बस्ने नेपालीहरुले गर्व गर्ने कार्य गर्नुकॊ सट्टा घर भाडा जस्ता साना तिना विवादहरुमा आफ्नो छाता संगठन अल्झिएको सुन्दा विगत देखि नै फियोना असन्तुष्ट रहेको थियो। महासंघलाई उचित तरिकाले नहांकिदा समेत आफ्नो असन्तुष्टीको वावजुद महासंघलाई बलियो बनाइ राख्ने उद्धेश्यले महासंघका कैयन् कमजोरीहरुलाई नजर अन्दाज गर्दै हङकङको ज्येष्ठ तथा सशक्त साझा संस्थाको रुपमा आवश्यक सल्लाह सुझाव िदंदै आउंदा समेत महासंघको तत्कालिन तथा वर्तमान नेतृत्वबाट आफ्नो कार्यशैलीमा कुनै परिवर्तन नगरेकोले महासंघको सदस्यताको बारेमा सोच्न बाध्य भयौं। यी सबै कुराहरुको वावजुद पनि गत मे ९ २०१० मा सम्पन्न महासंघको अधिवेशनमा फियोनाको तर्फबाट सकि्रय सहभागिता जनाई महासंघलाई अझ सशक्त बनाउने उद्धेश्यले विधान संसोधनको प्रस्ताव पेश गरिएको थियो। सो प्रस्ताव उपर छलफल गर्दा अधिवेशनले आगामी ३ महिना भित्र विशेष अधिवेशन बोलाई विधान संसोधन सम्बन्धी कार्य गर्नको लागि सर्वसम्मत रुपमा महासंघको नेतृत्वलाई निर्देशन दिइएको थियो। महासंघको सर्वोच्च निकाय अधिवेशनको निर्देशनलाई नेतृत्वबाट अक्षरस पालना गर्नु पर्नेमा अधिवेशनको निर्देशनको अवज्ञा गर्दै गत अगष्ट ९ भित्रमा विशेष अधिवेशन बोलाई सक्नु पर्नेमा हालसम्म पनि कुनै विशेष अधिवेशन नबोलाइंदा आफू सदस्य रहेको संस्थाको विधान र अधिवेशनको समेत अवमुल्यन गरिएकोले महासंघको वर्तमान नेतृत्व अन्तर्गत यसको सदस्य रही रहन उपयुक्त नदेखिएकोले यस सुदुर पूर्वी प्रवासी नेपाली संघ ९ँभ्इल्ब् ज्यलन प्यलन० को कार्य समितिको मिति ५ सेप्टेम्बर २०१० को पूर्ण बैठकको निर्णय बमोजिम मिति ५ सेप्टेम्बर २०१० देखि लागू हुने गरी फियोनाद्धारा हङकङ नेपाली महासंघको सदस्यता परित्याग गरिएको व्यवहोरा सम्बन्धित सबैलाई जानकारी गराउंदछौं। साथै फियोनाद्धारा महासंघको गत अधिवेशनमा पेश गरिएको संगठनात्मक परिवर्तन तथा नितिगत सुधार सम्बन्धी विषयहरुलाई सम्बोधन गरिएमा भविष्यमा महासंघमा पुनः आवद्ध हुन सकिने जानकारी समेत गराइन्छ।

अतः उपरोक्त मिति देखि हङकङ नेपाली महासंघमा फियोनाको कुनै प्रकारको आवद्धता नरहेको र महासंघद्धारा गरिने कुनै काम कार्यवाहीहरुको जिम्मेवारी फियोनाद्धारा नलिइने जानकारी गराउंदछौं।

पुनश्चः महासंघद्धारा भविष्यमा संचालन गरिने कार्यक्रम तथा गतिविधिहरुमा यसको आवश्यकता र महत्वलाई हेर्दै फियोनाद्धारा सहकार्य समर्थन आलोचना एवं विरोध समेत गर्न सकिने जानकारी गराउंदछौं।

भवदीय 
गणेश गुरुङ
अध्यक्ष
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)