कोरङगी प्रेम
सन् २००९ मा स्थापित संखुवासभा तमू समाज हङकङको विधान सेप्टेम्वर ४ शनिवार जोर्डन स्थित मनकामना रेष्टुरेण्टमा भब्य कार्यक्रमको आयोजना गरि सार्वजानिक गरियो।
विधान मस्यौदा उपससमितिका संयोजक एवं समाजका सल्लाहकार श्री उपेल्द्र कोरङ्गीले हाल सम्म विद्यमान रहेको अन्यौलताको स्थिती अन्त भएकोले आगामी दिनमा यो समाजले विधानको मार्ग निर्देशनलाई पालना गर्दै गुणात्मक फड्को मार्ने आशा ब्यत्त गर्नु भयो। यस्तो गहन जिम्मेवारी समाजले आफुलाई सुम्पेकोमा समाज प्रति आभार प्रकट गर्दै उप-समितीका सम्पूर्ण सदस्यहरुलाई सहयोगको निम्ती धन्यवाद दिनु भयो।
समाजका उपाध्यक्ष श्री अजम्वर घलेबाट सबैमा स्वागत गरिएको सो कार्यक्रममा विधान उपसमितीका सदस्य एवं समाजका कोषाध्यक्ष श्री सल बहादुर कोरङगीले सके सम्म गल्ती कमजोरी नहोस् भनि सावधानी अपनाएको तैपनि भएको गल्ती कमजोरीलाई आगामी अधिवेशनहरुमा संशोधन गर्दै लैजानु पर्ने कुरा ब्यत्त गर्नु भो।
करिव ३ घण्टा सम्म सन्चालित सो कार्यक्रममा २० देखि २५ जनाको सहभागिता थियो। अन्तमा समाजका अध्यक्ष श्री लाल बहादुर गुरुङले सभापतिको तर्फबाट यो समाजले संखुवासभाली गुरुङहरुलाई एकत्रित गर्न महत्वपूर्ण भूमिका खेल्ने मात्र नभई सबै गुरुङहरुको धर्म संस्कृती संरक्षण र संवर्धन गर्नमा एउटा ईटा थप्ने कुरा बताउँदै उत्त कार्यको निम्ती सबैले आ-आपनो ठाउँबाट सहयोग गर्न सबैमा आग्रह गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।
समाजका सल्लाहकार द्धय श्री हर्क बहादुर गुरुङ र श्री ज्ञान बहादुर गुरुङ अनि भूपू उपाध्यक्ष श्री कर्ण कोरङ्गीको समेत उपस्थिती रहेको सो कार्यक्रमको साचालन सचिव श्री नयन गरुङले गर्नु भएको थियो।


















