HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home हङकङ समाचार साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुई पुस्तक हङकङमा विमोचित

साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुई पुस्तक हङकङमा विमोचित

E-mail Print PDF
AddThis Social Bookmark Button
 
 
सन् २०१० सेप्टेम्बर ४ तारीख शनिबारका दिन हङकङस्थित जोर्डनको सनरार्इज साप्ताहिकको कार्यलय हलमा अस्वीकृत साहित्यिक अन्दोलन देखि बुटपालीस साहित्यिक आन्दोलनका अभियान्ता साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुई पुस्तक "स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरु" निबन्ध संग्रह र "महाभिनिष्क्रणका अस्वीकृत पाइलाहरु" बुद्घका जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यास भयवादका प्रवर्तक साहित्यकार देश सुब्बाका सुपुत्र निसाम सुब्बाको बाहुलीबाट एउटा अनौपचारीक साहित्यिक कार्यक्रममा बिमोचन गरियो।
 
हङकङमा नेपाली भाषामा बालसाहित्यको अभावलाई अस्वीकृत भएको ठहर गर्दै अस्वीकृत साहित्यिक अन्दोलनका अभियान्ता साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित पुस्तकहरु बालकको हातबाट बिमोचन गरिएको कुरा स्वयम पुस्तककार डा.कविताराम श्रेष्ठले आफ्नो बिचार राख्ने क्रममा भन्नु भयो। साथै बि.सं.२०२६ सालदेखि अस्वीकृत साहित्यिक अन्दोलन शुरुआत गरेर बुटपालीस साहित्यिक अन्दोलन समेतको नेतृत्व गरेको कुरा चर्चा गर्नुभयो। नेपालमा अस्वीकृत गरिएका बिषयबस्तुमाथि तड्कारो रुपले साहित्य उतारेर स्वीकृतिको लागि अझ सम्म लड्दै आएको र भविष्यमा पनि लडिरहने प्रतिवद्घता जाहेर गर्नु भयो। हङकङको यात्राको क्रममा यस्तो प्रकारको साहित्यिक कार्यक्रम सहभागी हुन पाएकोमा खुशी ब्याक्त गर्दै हङकङको नेपाली साहित्य लेखन र बिकासको सरह्रना गर्नुभयो।
 
 
 
उक्त अनौपचारिक कार्यक्रम सञ्चालन नेपाली प्रतिष्ठान हङकङका सदस्य देश सुब्बाले गर्नु भएको थियो भने साब्लाबुङ साहित्यिक मासिकका सम्पादक राजकुमार रार्इले डा.कविताराम श्रेष्ठद्वारा लिखित दुई पुस्तकको पाठकिय समीक्षा प्रस्तुत गर्नु भयो र बोल्ने क्रमको अन्तमा नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेले डा.कविताराम श्रेष्ठको उत्तरोत्तर प्रगतिको कामना ब्याक्त गर्नु भयो।
 
कार्यक्रममा अस्वीकृत साहित्यिक अन्दोलन शुरुआत देखि बुटपालीस साहित्यिक अन्दोलन सम्मको चर्चा परिचर्चा गरिएको थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)