HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home हङकङ समाचार मगर संघ हङकङको १३ औं वार्षिक उत्सव सम्पन्न

मगर संघ हङकङको १३ औं वार्षिक उत्सव सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
 
२९ अगस्त २०१०,हङकङ। मगर संघ हङकङ स्थापना भएको १३ बर्ष पुगेको शुखद उपलक्षमा चुनवान स्थित MTR क्लवमा एक कार्यक्रम गरि १३ औ वार्षिक उत्सव सम्पन्न गरेको छ। कार्यक्रमको शुरुवातमा गत २२ अगष्त २०१० का दिन चुनमुन स्थित सी एल पी पावर स्टेशनको कार्यस्थलमै अकस्मात मृत्यु भएका देउ बहादुर थापा मगर र२३ अगष्तको दिन फिलिपिन्समा घुम्न गएका हङकङेली ८ चिनिया नागरिक अपहरणकारीको गोली बाट मृत्‍यु भएकाहरु प्रति १ मिनेट मौन धराण गरेर कार्यक्रम शुरुवात गरिएको थियो।
 
मगर संघ हङकङका अध्यक्ष यम बी थापा मगरको अध्यक्षतामा प्रमुख अतिथी तुल बहादुर गर्बुजा मगर, अन्य अतिथीहरुमा मगर संघ हङकङका सस्थापक अध्यक्ष भोलानाथ थापा मगर, भुपु अध्यक्ष होम बहादुर थापा मगर, भुपु अध्यक्ष एक बहादुर राना मगर, बुद्धीजिवी चुरा थापा मगर, पुन मगर समाज हङकङका अध्यक्ष राजु पुन मगर र सँस्थाका बर्तमान सल्लाहकार हम बहादुर राना मगरलाई अतिथ्य प्रदान गरिएको थियो। कार्यक्रमलाई सद्स्य तुपेन राना मगरले सन्चालन गरेका थिए भने स्वागत मन्तव्य सदस्य याम राना मगरले गरेका थिए।
 
प्रमुख अतिथी तुल बहादुर गर्बुजा मगर बाट पानसमा दिप प्रज्वलन गर्दै मगर संघ हङकङको १३ औ जन्मोत्सवको केक काटेर मगर संघ हङकङको प्रगतिको कामना ब्यक्त गरेका थिए। हङकङको नेपालीहरु मध्य शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्ने चुरा थापा मगरलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो।
 
मगर संघ हङकङका बर्तमान कार्यसमितीको जिम्मेबार पद बहन गर्ने उपाध्यक्ष,महासचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्षहरुको अनुपस्थितिमा सँस्थाको कार्य प्रतिवेदन सचिव सुरेश गलामी मगरले प्रस्तुत गरेका थिए भने कार्यवाहक सह-कोषाध्यक्ष सुर्य पुन मगरले प्रस्तुत गरेको आर्थिक प्रातिवेदनलाई सुझाव सहित हलले अनुमोदन गरेर पारित गरेको छ।
 
जिम्मेवार पदमा रहेर निस्क्रिय रहनेहरु, कैयौं पटक नियमित बैठकमा उपस्थित नहुनेहरु र आर्थिक हिनामिना गरेको आरोप लागेकाहरुलाई चाँडो भन्दा चाँडो समस्याको समाधान गरेर रिक्त पद भएमा पद पुर्ती गर्नु पर्ने सुझाव अधिकाङ्सले ब्यक्त गरेका थिए। 
 
अन्त्यमा स्याङ्जा जिल्लामा लोप हुन लागेको यौनात पर्व जो गाउँको मुखिया, जिम्मालहरुलाई यौ- दिनु र नात- कोशेली (पाहुर) दिने प्रचलनको यौनात पर्व फाल्गुन पुर्णिमामा धुम धामका साथ मनाउने संस्कारमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)