हङकङ ३० अगष्त। यस बर्षको ‘इन्टरनेशनल ट्यालेन्ट हण्ट हङकङ २०१०’ प्रतियोगितामा महिलातर्फको शिर्ष ताज फिलिपिनकी मिलिजा एन्नी भीलामील ले हात पारिन् भने टयालेन्ट हन्ट पुरुष तर्फको विजेता फिलिपिनकै मेलभिन एड्रीन जुनिगा भएका छन्। त्यसैगरी पहिलो रनर अप महिलामा भारतकी मन्दीप कौर र पुरुषमा नेपालका रजत आलेमगर भए। सेकेण्ड रनर अपमा महिलामा नेपालकी गीता थापामगर र पुरुषमा भारतका अनिकित मेहता छनौट भए।
हिजो बेलुकी २९ अगष्टका दिन हङकङको याउ मे तेई स्थित हेनरी जी लिउङ कम्युनिटी हलमा टयालेन्ट हन्ट हङकङको आयोजनामा विगत बर्ष झै यो बर्ष पनि विविध आकर्षक प्रस्तुतीहरु सहित ‘इन्टरनेशनल ट्यालेन्ट हण्ट हङकङ २०१०’ भव्य रुपमा सम्पन्न भएको हो। अघिल्लो वर्षसम्म नेपालीहरुमा मात्र सिमित सो प्रतियोगितालाई अझ वृहत बनाउनको लागि अन्य समुदायका प्रतियोगीहरुलाई पनि खुल्ला गरिएको थियो। त्यसैले यस पटकको प्रतियोगितमा नेपाली लगायत भारतीय, फिलिपिनो र चिनिया मुलका गरी ९ महिला र ९ पुरुष युवा युवतीहरुले भाग लिएका थिए।
खचाखच दर्शकले भरिएको हलमा टयालेन्ट हन्ट प्रतियोगितामा सहभागिहरुले निर्णायकहरुले सोधेका प्रश्नहरुको जवाफ दिनुका साथै क्याटवक, फेशन शो र जोडीमा साल्सा नृत्य प्रस्तुत गरेका थिए। पहिलो चरणको विविध प्रस्तुती र प्रश्न उत्तर पश्चात महिला र पुरुषबाट ५-५ जना छनौट गरिएको थियो। दोस्रो चरणमा पनि निर्णायकहरुले पहिलो चरणमा छनौट भएका सहभागीहरुलाई विविध प्रकारका प्रश्नहरु राखेका थिए। प्रश्न उत्तर संगै दर्शकहरुलाई मनोरन्जन दिनका खातिर विविध नृत्यहरु प्रस्तुत पनि गरिएको थियो।
कार्यक्रमको परिचय दिने क्रममा आयोजक बसन्ती पुनले सँधै महिलाहरुको मात्र प्रतियोगिता गराउँदा पुरुषहरुमा अन्न्याय हुन जाने र महिलाहरुले मात्र होइन युवा पुरुषहरुले पनि आफ्नो प्रतिभा र क्षमता देखाई अगाडि बढ्ने प्लेटफर्म पाउनुपर्छ भन्ने अभिप्रायले यस पटक नया ढङ्गमा महिला पुरुष दुवैलाई सहभागी गराई प्रतियोगिता गराईएको जानकारी दिइन्। आगामी वर्ष अझ वृहत रुपमा कार्यक्रम गरिने पनि उनले जानकारी गराइन्।
गत बर्ष सन् २००९ की विजेता मन्जु घिसिङ, फस्ट रनरअप संगीता गुरुङ र सेकेन्ड रनरअप मन्जिला राईले कार्यक्रममा आआफना विगतका अनुभवहरु दर्शकहरुमाझ प्रस्तुत गरेका थिए।
कार्यक्रममा यस बर्षको महिला विजेतालाई गत बर्षकी ट्यालेन्ट हन्ट विजेता मन्जु घिसिङले ताज पहिर्याइदिएकी थिइन्। त्यस्तै गरी यस वर्षको पुरुष तर्फका विजेतालाई गत बर्षकी फस्ट रनरअप संगीता गुरुङले ट्रफी प्रदान गरेकी थिइन्। प्रतियोगिताका शीर्ष उपाधि, फस्ट रनरअप तथा सेकेण्ड रनरअपका विजयीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार हङकङ डलरको नगद पुरस्कारसहित ताज, प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा घोषणा गरिएका अन्य पदकका विजेताहरु निम्नानुसार थिएः
Ms. Best figure : Ms. Calci Chu
Ms. Best Skin : Ms. Swarnim Gurung
Ms. Leadership : Ms. Manija
Ms. Best Dress : Ms. Bunu Limbu
Ms. Personality : Ms. Mandip Kaur
Mr. Personality : Mr. Sagar Limbu
Ms. Audience Choice : Ms. Gita Thapa
Mr. Audience Choice :Mr. Sudip Limbu
Ms. Photogenic : Ms. Bunu Limbu
Mr. Photogenic : Mr. Safal Paija
प्रतियोगिताका निर्णायकहरुमा Petula Kincaid, Fermi Wong, डा शर्मिला गुरुङ, Dr. Vanessa Tse, Brian Hodgson र Nick Vanden Broucke रहेका थिए।
कार्यक्रमको कोरियोग्राफी गत बर्ष टयालेन्ट हन्ट २००९ की फस्ट रनरअप तथा आयोजक टयालेन्ट हन्टको सदस्य संगिता गुरुङले गरेकी थिइन् भने प्रतियोगीहरुले लगाएका कपडाहरुको फेशन डिजाइनर माया पुर्जा थिइन्।
विजेताहरुको नाम घोषणा हुनुअअघि प्रतियोगिताका निर्णायकहरु र प्रायोजकहरुलाई आयोजक बसन्ती पुनले प्रशंसा पत्र प्रदान गरेकी थिइन्। कार्यक्रमलाई विभिन्न व्यापार व्यवसायीहरुले प्रायोजक भई सहयोग गरेका थिए।
‘इन्टरनेशनल ट्यालेन्ट हण्ट हङकङ २०१०’ प्रतियोगिता धरानका पूर्व मोडल तथा संस्थाका अध्यक्ष तारा सुब्बा, मिस ट्यालेन्ट हण्ट २००६ बसन्ती पुन र मिस ट्यालेन्ट हण्ट २००९ की फस्ट रनरअप संगीता गुरूङले आयोजना गरेका हुन्।



















To whom they dishonored those person have much more talent then any of those organizer or sponsor.Don't you guys feel ashamed for making such wrong decision ?
Those organizer and sponsor don't have any idea or value of what real talent is.
Basanti only barks a lot and blah blah blah...............................