HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home हङकङ समाचार फिलिपिन घटनाको न्यायिक छानविनको माग गर्दै असी हजार हङकङेली नागरिक जुलूस प्रदर्शनमा

फिलिपिन घटनाको न्यायिक छानविनको माग गर्दै असी हजार हङकङेली नागरिक जुलूस प्रदर्शनमा

E-mail Print PDF
AddThis Social Bookmark Button
हङकङ ३० अगष्त। गत अगष्त २३ का दिन फिलिपिनमा ८ हङकङेली नागरिकको पर्यटक बस अपहरण पश्चात गोली हानी हत्या गरिएको विरुद्धमा न्यायिक छानविन गर्ने माग गर्दै र मृतकहरु प्रति समवेदना प्रकट गर्न हजारौ‌ हङकङेली नागरिक सडकमा उत्रे। आयोजकहरुका अनुसार जुलूस प्रदर्शनमा ८० हजार जनाको उपस्थिति रहेको जनाएको छ तर हङकङ प्रहरीले भने ३० हजार जनता सहभागी भएको जनाएको छ।
 
जुलूस प्रदर्शनको आयोजना हङकङका सबै प्रजातान्त्रिक पार्टीहरुको संयुक्त आयोजनामा गरिएको थियो। उक्त कार्यक्रममा एकताको समर्थनको पक्षमा चीन सरकार समर्थक पार्टी डि ए बीको पनि सहभागिता रहेको थियो। जुलूस हङकङको भिक्टोरिया पार्कमा मृतकहरु प्रति ३ मिनेट मौनधारणा गर्दै सेन्ट्रल च्याटर गार्डेनमा आएर समाप्त भएको थियो। यही पार्कमा हजारौं फिलिपिन घरेलु कामदारहरुको हरेक आईतवार जमघट हुने गर्दछ।
 

 
उक्त जुलूस प्रदर्शनमा सहभगिहरुले कालो र सेतो कपडा लगाएका थिए। सहभागीहरुले विभिन्न प्रकारका नाराहरु लेखिएका व्यानर तथा प्यलेकार्डहरु पनि प्रदर्शन गरेका थिए। घटनास्थल निरीक्षण र पत्रकार सम्मेलनका क्रममा फिलिपिनो राष्ट्रपति बिनिङगो अकिनो हाँसेको विषयलाई लिएर हङकङेली नागरिक अझ आक्रोशित भएका थिए। 

कार्यक्रममा व्यवस्थापिका परिषदका सभापति चाङगयोक सिँगले आफनो मन्तव्यको क्रममा फिलिपिन सरकारले पर्यटक बस अपहरण घटनाको उद्धार कार्य गलत ढङगले गरेका कारणले निर्दोष ८ हङकङेली नागरिकको हत्या भएको बताए।

जुलूस प्रदर्शनमा सहभागी अन्य व्यवस्थापिका सदस्यहरुले उक्त घटनाको छानविनमा हङकङ प्रहरीको पनि प्रत्यक्ष संलग्नता हुनु पर्ने तथा चीन सरकार र हङकङ सरकारको प्रतिनिधि संलग्न रहेको एक स्वतन्त्र न्यायिक छानविन समितिको पनि माग गरेका थिए।

उक्त पर्यटक बस फिलिपिनका भूतपूर्व बरिष्ठ प्रहरी अधिकृत ५५ बर्षिय रोनाल्डो मेनडोजाले अपहरण गरी पर्यटक र पर्यटक बस १२ घण्टा सम्म आफनो नियन्त्रणमा लिएका थिए। उनलाई विविध लागु पदार्थको अपराधीक कारेाबारमा संलग्न रहेको आरोपका कारण फिलिपिन सरकारले अवकास पाउन एक बर्ष अगावै सन् २००८ मा सेवाबाट बर्खास्त गरेको थियो। आफुलाई पदमा पुनर्वहाली गर्नुपर्ने उनको प्रमुख माग रहेको थियो।
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)