अगस्ट १६। मगर राष्ट्रिय मुक्ति मोर्चा हंगकंगको प्रथम अधिवेशन हंगकंगको जोर्डनस्थित एउटा हलमा गत अगस्ट १५ का दिन सम्पन्न भयो। अधिवेशनबाट बसन्त थामा मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको छ।
कार्यसमितिको उपाध्यक्षमा हेमराज थापा मगर, महासचिवमा ठाकुरराम थापा मगर, सचिवमा अनु थापा मगर र कोषाध्यक्षमा टंकराज तरामू मगर चुनिएका छन् भने सदस्यहरूमा पूर्ण ब. दर्लामी मगर, गिरमान थापा मगर, इन्द्र पून मगर, चित्र बहादुर पून मगर, डम्बर राना मगर, केशव पून मगर, अर्जुन राना मगर, श्रृषि पून मगर, यज्ञ बहादुर थापा मगर, तेज कुमार गाहा मगर, मान ब. रोका मगर, कर्ण पाइजा मगर, तिलक थापा मगर र पदम काउचा मगर चुनिएका छन्।
६ वटा सदस्यको पद पछि पूर्ति गर्ने गरी खाली राखिएको कुरा पनि अायोजकहरूले बताएका छन्।
अधिवेशनका प्रमुख अतिथिमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढामगर रहेका थिए भने विशेष अतिथिहरूमा नेकपा माओवादीका केन्द्रीय सदस्य सुरेश आले मगर तथा मगर राष्ट्रिय मुक्ति मोर्चाकै उपाध्यक्ष बसन्त घर्ती मगर रहेका थिए।
कार्यक्रममा बोल्दै मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सन्तोष बुढा मगरले नेपालमा कांग्रेस एमालेले भारतीय इशारामा संविधान निर्माण कार्य र शान्ति प्रक्रियालार्इ टुंगाउने कार्यमा बाधा पुर्याएको बताए।
सोही अवसरमा बोल्दै माओवादीका केन्द्रीय सदस्य सुरेश आले मगरले नेपालमा ब्रह्मण र क्षेत्री समाज उत्पीडनको आधारमा गठन नभइ नेपाली समाजको परिवर्तनमा बाधा पुर्याउने उद्येश्यले गठन भएको बताएका थिए।
यस अघि मगर संघ हंगकंगले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा पनि नेतात्रयहरू सहभागी भएका थिए।

















