नेपाली आदिवासी जनजाति महासंघ हङकङ
मिति ०३ अगस्त २०१०
प्रेस बिज्ञप्ति
संविधानसभामा आदिवासी जनजातिको हक हित र अधिकारको सुनिश्चित्ताको माग गर्दै यहि १ श्रावन देखि शुरु गरिएको एक महिने आन्दोलनको प्रचार प्रसार गरिरहेका आदिवासी जनजाति महासंघ नेपालका नेतृत्व माथि भएको प्रहरी हस्तक्षपको आदिवासी जनजाति महासंघ हङ्गकङ्ग घोर निन्दा गर्दछ। आन्दोलनबारे जानकारी दिने अभियँनमा िहंडिरहेका महासंघका उपाध्यक्ष इन्दिरा जिमी महासचिव आङजी शेर्पा, सचिव यशोकान्ती भट्टचन लगायतका नेतृत्वलाई २६ जुलाईमा प्रहरीद्धारा दुब्र्यवहार गरिएकोमा भत्सर्ना गर्दछ।
सहि र न्यायोचित मागमा समर्थन गर्नुको साटो शान्तिपूर्ण माग गरिरहेका आदिवासी नेतृत्वमाथि दुब्र्यवहार गर्ने प्रहरीमाथि अझै कार्वाही नगर्नुले सरकार आदिवासी जनजातिप्रति अत्यन्त असहिष्णु छ भन्ने देखिएकोछ। यसले द्धन्द निम्त्याउने सिवाय केहि गर्दैन। तसर्थ जायज मागलाई बन्दुकको बलले दमन गर्न चाहने सरकारको हामी घोर भत्स्रना गर्दै यथाशक्य दोषीमाथि कार्वाहीको माग गर्दछौ। साथै यहि १ श्रावन देखि लिएको नेपाल आदिवासी जनजाति महासंघको चरणबद्ध एक महिने न्यायिक आन्दोलनमा आ आफ्नो स्थानबाट तन मन र धनले सहयोग पुरयाइदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौ।
एम बी थापा दर्लामी मगर
अध्यक्ष
आदिवासी जनजाति महासंघ हङकङ


















