हंगकंगमा मगर राष्ट्रिय मुक्ति मोर्चा सम्बद्द शाखाको प्रथम अधिवेशन आगामी अगस्ट १५ तारिख हुने भएको छ। सो कुरा उक्त संस्थाका हंगकंग संयोजक बसन्त थापाले बताएका हुन्।
यस अघि मोर्चाको अधिवेशन यहि अगस्ट १ मा गर्ने योजना थियो तर नेपालमा भइरहेको राजनीतिक घट्नाक्रमका कारण अधिवेशन मिति सार्नुपरेको कुरा संयोजक थापाले बताए।
मोर्चाको अधिवेशनका प्रमुख अतिथिमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष तथा सभासद सन्तोष बुढा मगर, अन्तरराष्ट्रिय ब्यूरो सदस्य तथा सभासद सुरेश आले मगर रहने छन् भने विशेष अतिथिमा नेपाल मगर संघका महासचिव बसन्त घर्ती मगर रहनेछन्।

















