HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार गीत गुन्जन सांझ सम्पन्न

गीत गुन्जन सांझ सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
 
१२ जुलाई, हङकङ। टप माउन्टेन डोजाङ हङकङको आयोजनामा हिजो साँझ याउ मा तेइ स्थित हेनरी जी ल्योङग कम्यूनिटी हलमा गीत गुन्जन सांझ भव्यरुपमा सम्पन्न भएको छ। नेपालबाट आएका अतिथि कलाकारद्धय लोकगायक राजु परियार र अन्जना गुरुडगको विशेष प्रस्तुती रहेको उक्त साँझमा दर्शकको उपस्थितिले हल खचाखच भरिएको थियो। हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय नेपालको प्रमुख आतिथ्यमा अनौपचारीक कार्यक्रम गरिएको थियो। अन्य अतिथिहरुमा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर, समाज सेवी तथा व्यवसायी स्याडजाली कान्छा, गायक गायिका द्धय राजु परियार र अन्जना गुरुडग, नेपालबाट आएका राष्टिय खेलकुद परिषद तेक्वान्दोका प्रशिक्षक तथा टप माउन्टेन डोजाङका वरिष्ठ सल्लाहकार सन बहादुर लामा लगायतका अतिथिहरु रहेका थिए। प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई टप माउन्टेन डोजाङका मास्टर एवं अध्यक्ष गणेश गुरुडगले पुष्पगुच्छा दिएर स्वागत गर्दै छोटो अनौपचारीक कार्यक्रम समापन गरिएको थियो।
 
अनौपचारीक कार्यक्रम पश्चात हङकङका स्थानीय नेपाली कलाकारहरुबाट विभिन्न प्रकारका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। स्वरका धनी श्याम गुरुड, टोपराज लामा लगायतले आ आफनो एल्बमका गीतहरु गाएका थिए। त्यस्तै नृत्य कलाकारहरु सन्ध्या गुरुड, ज्योती गुरुड, सृजना गुरुड, सिता गुरुड, धिरज गुरुङ लगायतले विभिन्न गीतको बोलमा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको बीचमा तेक्वान्दो खेल प्रदर्शन तथा गीत गुन्जन सांझलाई सफल पार्नका निम्ति विशेष सहयोग गर्ने महानुभावहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो। कदर पत्र तथा सम्मान पाउनेमा अतिथि कलाकार द्धय राजु परियार र अन्जना गुरुडग पनि रहेका थिए।

उक्त रमाइलो सांझमा कलाकारद्धयले आ आफना लोकप्रिय गीतहरु दर्शक माझ प्रस्तुत गरेका थिए। विशेषत लोकगायक राजु परियारले दर्शलाई निक्कै नचाउने प्रयास गरेका थिए। उनले आफना चर्चित गीतहरु गाएका थिए। "कोदो रोप्न जांदा लाएको माया", "मैले पानी छुँदा" लगायतका गीतहरु प्रस्तुत गरेका थिए। अन्तिम समयमा अतिथि कलाकारद्धयको लोकदोहोरी सन्चालन गरिएको थियो। शास्त्रिय सँगीतको विध्यार्थी भएर पनि आफुसँग लोक दोहोरी गाएकोमा राजु परियारले अन्जना गुरुङको प्रँशशा गरेका थिए। तर दर्शकहरुको वृहत चहाना हुँदा हुँदै पनि समय अभावका कारण अतिथि कलाकारहरुले दर्शकहरुको तृष्णा मेटाउन सकेनन्।

हलको पछाडिबाट समय अभाव भएको भएता पनि कार्यक्रम सन्चालकबाट अनावश्यक समय लिएको र नृत्य बढी भएको गुनासो पनि दर्शकले गरेका थिए। "हामी त राजु परियार र अन्जना गुरुडगको प्रस्तुती हेर्न आएका हौ‌" भन्ने गुनासो पोखेको सुनिन्थ्यो।

गीत गुन्जन सांझ सफल पार्नका निम्ति विभिन्न व्यक्ति तथा व्यापार व्यवसायीहरुले प्रायोजकको रुपमा सहयोग गरेका थिए। कार्यक्रम सन्चालकबाट प्रायोजकको नाम लिने क्रममा प्रायोजक नभएकाहरुको पनि बारम्बार नाम घोषणा गरिरहंदा दर्शकहरुले आश्चर्यता प्रकट गरेका थिए।
 
  
भिडियोः जेपिटीएचके 
 
 
Comments (2)
समाचारमाँ अलिक गलत कुरा हरु छापियेछन
1 Tuesday, 13 July 2010 17:18
Geet Gunjan Sanjh 2010 organizer committe
Dear Patrakar ji, www.hongkongnepali.com समाचारको लागी धेरै धेरै धन्यबाद.तर मेरो लगायात गीत गुंजन साँझका आयोजकको समाचार लखनु हुने पत्रकार य लेखक प्रति के आनुरोध छ भने यहाँ हरुले यो समाचार साब गलत लखनु भाको छ कृपया क कारणले यहाँ हरुले यसतो काल्पनिक समाचार छपेर पाठक हरु माँ एउटा भ्रम फैलाउने काम गर्नु भाको छ स्पस्ट पारी दिनु हुन अनुरूध गर्दाछौ, र स्थानीय कलाकार हरु को नाम के कारणले परिबर्तन गरेर छापियो अनि श्याम र टोपराज लामा ले गाउनु भाको गीत क सबै आफ्नै एल्बम को थियो ? र प्रायोजक को नाम मा यहाँहरुलाइ के कठीनाइ पर्यो ,कृपया चाडो भन्दा चाडो प्रस्ट पारी दिनु हुन आनुरोध गर्दछौ।
well done
2 Wednesday, 14 July 2010 17:53
krish
Top Mountan lai muri muri dhanaybad. Bhabishema pani yastai programme garna ko nimti hardik subhakaman chha.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)