HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार हंगकंगमा सम्मान पाउनेमा नेपाली पनि

हंगकंगमा सम्मान पाउनेमा नेपाली पनि

E-mail Print PDF
AddThis Social Bookmark Button

हंगकंग नेपाली सम्वाददाता
जुलाई ३, हंगकंग ।

हंगकंग चीनलाई हस्तान्तरणको तेह्रौ‌ वर्षगांठको अवसर पारेर विभिन्न व्यक्तित्वहरूलार्इ सम्मान प्रदान गर्ने क्रममा यसपल्ट हंगकंग सरकारले नेपाली समुदायमा सक्रिय एकजना व्यक्तिलाई पनि
"मेडल अभ अनरको पदकले सम्मानित गरेको छ।

गत विहिबारको साउथ चाइना मर्निंग पोष्टमा दिइए अनुसार हंगकंग एकिकृत नेपाली समाजका अध्यक्ष बुद्दि बहादुर थापालाई उनले नेपाली समुदायलाई पुर्याएको सेवा वापत सम्मान प्रकट गरेको जनाइएको छ।

यो वर्ष हंगकंगका विभिन्न क्षेत्रमा योगदान गरे वापत सम्मान पाउने करीब ३०६ जना व्यक्तिहरू मध्ये नेपाली समुदायबाट बुद्दि बहादुर थापा मात्र परेका छन्। नेपालबाट प्रकाशित हुने नागरिक दैनिकका अनुसार हंगकंगमा नेपालीहरूलाई दिइएको यो सबैभन्दा उच्च सम्मानको पदक भएको बताइएको छ। यस अघि पुष्पा गुरूंग र नेदरसोल कम्यूनिटी हेल्थ सर्भिसकी डा. शर्मिला गुरूंगले पनि भिन्न प्रकृतिको सम्मान पाइसकेका छन्।

यसपटकको सम्मान प्राप्त गर्नेमा हंगकंगका अल्पसंख्यक समुदायबाट २ जना मात्र व्यक्तित्वहरू परेको जनाइएको छ। लामो समयदेखि कानुनी पेशामा सेवारत भारतीय मूलकी बासिन्दा बन्दना रजवनीले "चिफ एक्जिक्यूटिभज कमेन्डेसन फर कम्यूनिटी सर्भिस" नामक सम्मान पाएकी छिन्। बन्दना रजवनी हंगकंगको जातिय भेदभाव विरूद्दको कानुन ल्याउनमा अहम भूमिका खेल्ने स्थानीय वकिलहरूमा पर्छिन्।

बुद्दि बहादुर थापा हंगकंग एकिकृत नेपाली समाजको अध्यक्ष रही विगत ६ वर्षदेखि कार्यरत छन्। उनकै नेतृत्वमा नेपाली समुदायिक सहयोग समूह संचालनमा रहेको छ। जसको लागि हंगकंग सरकारले विगत ३ वर्षदेखि आर्थिक अनुदान प्रदान गरिरहेको छ।

समाजले नेपालीहरूसंग सम्बन्धित विभिन्न सामाजिक सेवाहरू लगायत नेपालीहरूको लागि भाषा अनुवादका सेवाहरू पनि प्रदान गर्दै आएको छ।

 
Comments (3)
हार्दिक बधाई छ।
1 Sunday, 04 July 2010 09:20
ईन्द्र एलजी थापामगर
१३ औ वर्षगाँठको अवसरमा हङकङ सरकारले नेपाली समुदायबाट यस पटक 'मेडल अफ अनर' पदकले सम्मान पाउनु भएका हिन्सका अध्यक्ष बुद्वि बहादुर थापालाई हार्दिक बधाई दिन चाहन्छु।
Congratulation !!!!
2 Wednesday, 07 July 2010 21:06
Hari Shrestha (HK)
हिन्सका अध्यक्ष बुद्वि बहादुर थापालाई मेरो हार्दिक बधाई तथा सुभ-कामना छ । Congratulation !!!
हार्दिक वधाई तथा शुभकामना !
3 Tuesday, 13 July 2010 10:10
Gurung Muk kaji, मेरो स्याङ्जा डट कम,हङ्कङ्।
सर्वप्रथम, हङ्कङ् एकिकृत नेपाली समाजका अध्यक्ष बुद्दि बहादुर थापालाई हार्दिक वधाई तथा शुभकामना दिन चाहन्छु, चाहन्छौं । वास्तवमा भन्ने हो भने हङ्कङ् सरकारले तपाईको कामको सहि मुल्याङ्कन गरेको छ। फलस्वरुप आज तपाई "मेडल अफ रनर" पदकबाट सम्मानित हुनेमा हङ्कङमै पहिलो नेपाली हुनुहुन्छ र आज हामी सम्पूर्ण नेपाली र विशेष गरेर स्याङ्जाली साथै वालिङेहरु अति नै गौरवान्वित भएका छौं। पुन: वधाई भिनाजुलाई। मुक काजी गुरुङ् मेरो स्याङ्जा डट कम,हङ्कङ्। तथा भिरकोट आठथर तमु समाज परिवार ( वालिङ सेरोफेरो)

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)