HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home हङकङ समाचार साहसी चलचित्रको प्रथम प्रिमियर शो भब्यताको साथ सम्पन्न

साहसी चलचित्रको प्रथम प्रिमियर शो भब्यताको साथ सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
२७ जुन हङकङ

गत आईतवारको दिन याउमातेइ स्थित कम्युनिटी हलमा साहसी चलचित्रको प्रिमियर शो भब्य रुपमा सम्पन्न भएको छ। मुनाल फिल्म्स को ब्यानरमा बिन्दबासिनी फिल्म पोखराको प्रस्तुती रहेको साहसी चलचित्रको निर्माता हङकङ निवासी झम बहादुर गुरुङ रहेका छन्। हङकङ नेपाली माहावाणिज्यदुत बिनोद कुमार उपाध्यायको प्रमुख आतिथ्य रहेको प्रिमियर शो को उदघाटन साहसी चलचित्रको निर्माता झम बहादुर गुरुङ र बिनोद उपाध्यायले संयुक्त रुपमा रिबन काटेर गरेका थिए।
 
कार्यक्रममा साहसी चलचित्रका निर्माता झम बहादुर गुरुङले प्रतेक २ बर्षमा नेपाली चलचित्र निर्माण गर्दै जाने उदेस्य रहेको दर्शकहरुलाई जानकारी गराउँदै अब बन्ने नयाँ चलचित्रको नाम "भगवानको उपहार" (GOD GIFT) जुराएको र २०१२ सालमा निर्माण गर्ने घोषणा गरेका छन्। साहसी चलचित्र युनिटको तर्फ बाट चलचित्र हेर्न आउने दर्शकहरुलाई धन्यबाद दिँदै चलचित्रको समिक्षा गरिदिनुहुन अनुरोध गर्दै साहसी चलचित्रको प्रिमियर शो को सम्पुर्ण सहयोगीहरुलाई झम बहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए। औपचारिक कार्यक्रमको सन्चालन भिम गुरुङले गरेका थिए।
 
साहसी चलचित्रको नायकको भूमिका भोज बहादुर गुरुङ, नायिका स्नेहा शर्मा, नायक राजेश  हमाल ताइची गुरु को भूमिकामा देखिएका छन् भने चलचित्रको संगीत लोकनाथ सापकोटाले  गरेका छन्। नेपाली संगीतका चर्चित हस्तीहरु राजेश पायल राई, अन्जु पन्त, अन्जना गुरुङ, लोकनाथ  सापकोटा र शान्ति प्रियाको सुमुधुर स्वरले चलचित्रलाई सजाएको छ।
 
साहसी चलचित्रले समाजमा हुने समाजसेवी तथा राजनीतिज्ञहरु समाजसेवीको आवरण ओढेर भित्री रुपमा कालो धन्दा सन्चालन गर्नेलाई राज्यको चौथो अंग पत्रकारले आफ्नो ज्यानको प्रवाह नगरी सत्य तथ्य समाचार सम्प्रेशण गरेर कालो धन्दा गर्नेहरुको ब्यापार चौपट गर्न नायक भोज बहादुर गुरुङलाई पत्रकार नायिका स्नेह शर्मा र ताइची गुरु राजेश हमालले सहयोगीको भूमिका निर्वाह गरेका छन् भने साहसीमा द्दन्द अन्य चलचित्रमा भन्दा फरक रहेको छ।                                  
 
Comments (1)
hello
1 Tuesday, 06 July 2010 17:53
roshni grg
dherai ramrocha. aajhai ramro garnu holaaa thanks all film unit

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)