HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार टप माउन्टेन डोजाङले ५ औं अपग्रेड सहित फेरी अर्को शाखा खोल्यो

टप माउन्टेन डोजाङले ५ औं अपग्रेड सहित फेरी अर्को शाखा खोल्यो

E-mail Print PDF
AddThis Social Bookmark Button
७ जुन २०१०
 
 
हङकङ ७ जुन टप माउन्टेन डोजाङले ६ जुन २०१० का दिन हङकङको यूनलोङगमा अर्को शाखा स्थापना गरेको छ। टप माउन्टेण्ट डोजाङले आफनो स्थापनाको एक बर्षमै तीन वटा शाखा खोलेर नेपाली तथा अन्य राष्टका नागरिकहरुलाई प्रशिक्षण दिइरहेको छ। विधार्थीहरुको चापलाई मध्यनजर राख्दै टप माउण्टेन डोजाङले यूनलोङगमा अर्को शाख स्थापना गरेको हो।
 
टप माउन्टेन डोजाङको यू्नलोङग शाखाका लागि प्रशिक्षक फिरोज गुरुङग रहेका छन। उनको प्रत्यक्ष संचालन रहने उक्त शाखामा पहिलो दिनमै ११ जना विधार्थी भर्ना भएका थिए। कार्यक्रमको उदघाटन टप माउन्टेन डोजाङका अध्यक्ष मास्टर गणेश गुरुङगले व्यानर खोलेर उदघाटन गरेका थिए। टप माउन्टेन डोजाङको यू्नलोङग शाखा सहित एक बर्षमै तीन वटा शाखा स्थापना भइसकेको छ। टप माउन्टेन डोजाङमा विधार्थी संख्या पनि उल्लेख्य रहेको छ।

विविध कार्यक्रम सहित उदघाटन गरिएको उक्त कार्यक्रम डोजाङकी सचिव सुनिता गुरुङगले संचालन गरेकी थिइन् भने उक्त कार्यक्रमका प्रमुख अतिथि मिस पर्ल हङकङकी दीपा गुरुङग रहेकी थिइन्। अतिथिहरुमा कल्पना गुरुङग, नविन विश्वकर्मा,फिरोज गुरुङग लगायत अन्य अतिथिहरु रहेका थिए। 

कार्यक्रममा युनलोङ शाखाका प्रशिक्षक फिरोज गुरुङ्गले टप माउन्टेन डोजाङका अध्यक्ष मास्टर गणेश गुरुङगलाई पुष्प गुच्छा दिएर हार्दिक स्वागत तथा शुभकामना दिएका थिए। कार्यक्रममा तेक्वान्दो खेलहरु प्रदर्शन गरिएको थियो।

टप माउन्टेन डोजाङको ५ औ अपग्रेड भव्यरुपमा सम्पन्न
 
 
टप माउन्टेन डोजाङले याउमा टेइ स्थित हेनरी जी ल्योङग कम्यूनीतिहलमा आफनो ५ औ तेक्वान्दो अपग्रेड भव्य रुपमा सु सम्पन्न गरेको छ। ५ औ तेक्वान्दो अपग्रेडमा ७० जना विधार्थीहरुले प्रतियोगितामा सहभागि जनाएका छन्। जसमध्य कालो बेल्टका लागि एक जना विधार्थीलॆ भाग लिएका थिए।

बेल्ट पेटी रंग संख्या
सेतो १४ जना
पंहेलो २ जना
हरियो १० जना
हरियो निलो १३ जना
निलो १६ जना
निलो रातो १७ जना
रातो १० जना
रातो कालो ७ जना
कालो बेल्ट   १ जना
 
उपरोक्त सँख्यामा खेलाडीहरुले सहभागिता जनाएका थिए।
 
प्रतियोगितामा सहभागि भएकाहरुको नतिजा अनुसारको प्रमाण पत्र सहित बेल्ट दिइने पनि डोजाङका अध्यक्ष मास्टर गणेश गुरुङगले हाम्रा संवाददातालाई वताए।
 
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)