७ मार्च २०१०, हङकङ
विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै गर्दा हङकङमा पनि आईतवारको दिन मङकोक स्थित कई पुई छोई काइको बजार परिक्रमा गर्दै बिभिन्न नारा लगाउँदै नारी दिवस भब्यताका साथ सम्पन्न गरिएको छ। विश्वभरी महिला माथि हुने भेदभाव, समान ज्याला, समान अधिकार, समान अवसर र महिला माथि हुने हिंसाको बिरोध स्वरुप नारी दिवस मनाइएको हो।
यो बर्षको अन्तर्राष्ट्रिय नारी दिवसले एक सय बर्ष पार गरेको छ। बिशेष गरेर अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ का दिन मनाउने गरे पनि हङकङका अधिकांस मजदुरहरुको सार्वजनिक बिदा पारेर ७ मार्चका दिन हङकङको संघ सस्थाहरुले मनाएका छन्।
हङकङ कन्फिडेरेसन ट्रेड यनियन (HKCTU) को आयोजनामा फिलिपिनो घरेलु कामदार, नेपाली घरेलु कामदार, इण्डोनेसियन घरेलु कामदार, थाई घरेलु कामदार लगायत स्थानिय चाइनिजहरुले जुलुसमा सहभागिता जनाएर साथ दिएका थिए।
भिभिन्न नाराका साथ बजार परिक्रमा गरे पश्चात एक औपचारिक कार्यक्रममा परिणत भएको थियो। उक्त औपचारिक कार्यक्रममा (HKCTU) को तर्फ बाट लेइ चुक यानले सम्बोधन गरेका थिए भने मन्तब्य राख्ने क्रममा नेपाली घरेलु कामदार युनियनकी सचिव कल्पना तुम्रोक लगायत फिलिपिनी, थाई, इण्डोनेसियनको तर्फ बाट सहभागीहरुले मन्तव्य राखेका थिए। कार्यक्रमको अन्तमा भिभिन्न मागहरु सहितको पत्र सरकारी कार्यालयमा हस्तान्तरण गरेर कार्यक्रमको समापन गरेको थियो।
फोटो - कल्पना तुम्रोक














