HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार विदेशमा हिमाल खबर पत्रिकाको पहिलो ‘हिमाल बहस’ हङकङनेपाली डट कम ले प्रत्यक्ष प्रसारण गर्ने।

विदेशमा हिमाल खबर पत्रिकाको पहिलो ‘हिमाल बहस’ हङकङनेपाली डट कम ले प्रत्यक्ष प्रसारण गर्ने।

E-mail Print PDF
AddThis Social Bookmark Button

आजको ‘हिमाल बहस’ हङकङनेपाली डट कम ले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रसारण समयः हङकङ समयनुसार बेलुकी ६:३० बजे, आईतबार १४ मार्च २०१० ।

हङकङ, मार्च ८। नेपालमा प्रकाशित हुने प्रसिद्व हिमाल खबर पत्रिकाले हङकङका प्रबुद्व नेपालीहरुबीच यहि मार्च १४ तारिख याउ मा तेई कम्यूनिटी हलमा ‘संघीयता र जातीय स्वायत्त प्रदेश’ विषयक ‘हिमाल बहस’ गराउन गैरहेको छ। उक्त ‘हिमाल बहस’लाई हिमाल खबर पत्रिकाले आगामि अंकमा प्रकाशित गर्ने कुरा कार्यक्रमका संयोजक हिमाल खबर पत्रिकाका पूर्व समाचार सम्पादक जेबी पुन मगरले बताए।
‘नेपालमा संविधान विषयमा देशभर बहस गराउदै आएको भए पनि नेपाल बाहिर यो पहिलो पटक हो’ जेबी पुन मगरले भने। ‘देश बाहिरका नेपालीहरुको विचार र धारणा के छ भन्ने बुझ्नलाई पनि यो कार्यक्रम गरिएको हो’ यसको उद्देश्यबारे बताउदै पुनले भने। उनको अनुसार उक्त बहसमा हङकङका विभिन्न पेशा, व्यापार तथा समुदायहरुका प्रबुद्व व्यक्तिहरुलाई सहभागि गराएको छ भने बहस सुन्नको लागि सबैलाई उपस्थित हुन हार्दिक अनुरोध गर्नुभएको छ।

यस किसिमको  कार्यक्रम हङकङमा पहिलो  हुन गैरहेकोले पनि नेपाली समुदायका बौद्विक वर्गहरुको ठूलो उपस्थिति हुने थाहा भएको छ। यस कार्यक्रमको आयोजक हिमाल खबर पत्रिका र मगर संघ हङकङ रहेका छन् भने मिडिया पार्टनर एभरेष्ट साप्ताहिक र हङकङ नेपाली डटकम रहेका छन्।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)