HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार सामसूइपो मा फेरी तेजाव आक्रमण

सामसूइपो मा फेरी तेजाव आक्रमण

E-mail Print PDF
AddThis Social Bookmark Button
८ मार्च २०१०

हङकङको कौलून क्षेत्र स्थित समसूइपोमा हिजो सांझ करीब ६:३० बजे २१२ अप्लूय स्टीट नजीक भवनबाट अपरिचित व्यक्तिले ब्लुगर्ल वियरको बोतलमा तेजाब राखी माथीबाट फालिएको छ। यो घटनामा कम्तीमा पनि एक जना व्यक्ति घाईते भएको जनाइएको छ। माथिबाट फालिएको बोतलको तेजाब अनुहारमा परेर एकजना ब्यक्तिले नजीकै पसल राखेर बसेकी महिला संग पानी मागेर आफुलाई लागेको तेजाब पखालेर गएको उक्त पसले महिलाले प्रहरीलाई बताएकी थिइन्।

उक्त घटनामा प्रयोग गरिएको तेजाबको प्रकृति एकदमै खत्तरनाक भएको हङकङ प्रहरीले जनाएको छ। त्यस भवनमा प्रहरीले पहिल्यै देखिनै आवश्यक सुरक्षा व्यवस्था गर्न सुझाव दिएको खुल्न आएको छ। उक्त भवनमा बसोबास गर्ने बासिन्दाहरुको सुरक्षा नभएको र जुनसुकै मानिस सजिलै आवत जावत गर्न सक्ने र फलामको गेट वा कुनै काठको ढोका पनि नभएकोले आवश्यक सुरक्षा गर्न प्रहरीले सुझाव दिएको बताएको छ। त्यही कमी कमजोरीको फाईदा लिदै आक्रमणकारीले उक्त भवनबाट खत्तरनामक तेजाब फाल्न सफल भएको बताइएको छ।

हङकङ प्रहरी र सम्बन्धीत सरकारी विभाग र जिल्ला परिषदका पदाधिकारीहरु बीच अहिले घटनाका सम्बन्धमा छलफल भइरहेको छ। त्यस घटनामा संलग्न आक्रमणकारीको सूचना वा जानकारी दिने व्यक्तिलाई हङकङ डलर ३ लाख रकम दिइने जनाएको छ। 

स्मरण रहोस हङकङमा पहिलो तेजाब आक्रमण डिसेम्बर १३ २००८ मा मंगकक देखि सुरु भएको हो। अहिले सम्म हङकङको विभिन्न क्षेत्रमा तेजाब आक्रमण भइ रहेको छ। जस मध्य यो १२ औं तेजाब आक्रमण हो। विगतका तेजाब आक्रमणमा परी १०० भन्दा बढी व्यक्ति घाइते भएका भएका छन्।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)