२८ फेब्रुअरी २०१० हङकङ
मिस ट्यालेन्ट हन्ट २००६ बसन्ती पुनले आईतवारको दिन जोर्डन स्थित कंगन रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी "साहारा" नामक गिती एल्बम बिमोचन गराएकी छिन्। "दि रिबल क्रियसन" ले बजारमा ल्याएको साहारा एल्वममा बसन्ती पुनले ७ वटा गितहरुमा स्वरबद्द गरेकी छिन्।
कार्यक्रममा वरिष्ठ संगीतकार तथा हिमालयन टोन्सका डाइरेक्टर दिनेश सुब्वा प्रमुख अतिथि तथा एचके नेपाल डट कमका प्रधान सम्पादक पशन तमुले अध्यक्षता गरेको कार्यक्रमलाई देवराज राईले सन्चालन गरेका थिए। वसन्ती पुनको बाबा आमा हाल युके हुनाले आफ्नो अभिभावकको तर्फ बाट चेतमान गुरुङले आसन ग्रहण गरेका थिए। दिनेश सुब्बा, पसन तमु र चेतमान गूरुङले संयुक्त रुपमा उक्त एल्बम बिमोचन गरेका थिए।
प्रमुख अतिथि दिनेश सुब्बाले सहारा एल्बमको बारेमा बोल्दै बसन्ती पुनले उक्त एल्बममा सोचे भन्दा राम्रो गरेको तर अझै नेपाली उच्चारणमा ध्यान पुर्याउनु पर्ने र सुर साधनामा लाग्नुपर्ने कुरा ब्यक्त गरेका थिए। यदि बसन्तीको गीतहरुले नेपालको कान्तिपुर तेलिभिजन बाट प्रसारण भएको छ भने बसन्तीको सांगितिक भविष्य चर्चित गायिका प्रस्ना शाक्यको जस्तै हुने अनुमान गरेका थिए। बसन्ती पुनको साहारा गिती एल्बम निकाल्न सहयोगीको भूमिका निर्वाह गर्ने पसन तमु र चेतमान गुरुङले पनि साहारा एल्वमको सफलताको शुभकामना दिएका थिए।
लामो समयको अन्तराल पछि नेपाल गएकी बसन्ती पुनले साहारा एलबम निकाल्न शुरुका दिनहरुमा निक्कै कठिनाई भोग्नु परे पनि अन्त्यमा सफलता हात लागेको बताउंदै उक्त एल्बम बिक्री बाट उठेको रकम अनाथ तथा बेसहाराहरुको सहयोगार्थ च्यारिटीमा जम्मा गर्ने योजना रहेको जानकारी गराएकी थिईन्। औपचारिक कार्यक्रम पस्चात बसन्तीको साहारा एल्बम यात्राको आफु तथा आफ्ना सहयोगीहरु बाट खिचेर ल्याएको वृत्तचित्र प्रदर्शन गरिएको थियो।

















