HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार हंगकंगमा निर्माण क्षेत्रका कामदारलार्इ थप सुविधा दिइने

हंगकंगमा निर्माण क्षेत्रका कामदारलार्इ थप सुविधा दिइने

E-mail Print PDF
AddThis Social Bookmark Button

हंगकंग नेपाली सम्वाददाता

फेब्रुअरी २८

हंगकंग

हंगकंग सरकारले निर्माण क्षेत्रमा काम गर्ने कामदारहरूको सीप अभिवृद्दिको लागि विभिन्न प्रकारका सुविधाहरू दिने भएको छ। हंगकंग विकास विभागकी सचिव केरी लामले निर्माण क्षेत्रमा रहेका सिपविहिन कामदारहरूलार्इ सीप मूलक बनाउनको लागि उनीहरूलार्इ निर्माण सम्बन्धी विभिन्न क्षेत्रमा तालिमको लागि आर्थिक अनुदान र रोजगार सुनिश्चितता जस्ता सुविधाहरू प्रदान गरिने जानकारी दिइन्।

उनले आगामी वर्ष अर्थात २०१० र २०११ को आर्थिक वर्षसम्म विकास खर्च ४९
.६ अरब डलर पुगी निर्माण क्षेत्रमा ६२,५०० रोजगारी सृजना हुने कुरा पनि बताइन्। जसमध्ये ६,६०० पेशागत र प्राविधिक क्षेत्रमा हुने छ भने बांकी निर्माण कामदारको रूपमा। उनका अनुसार अबका वर्षहरूमा विकास वार्षिक विकास खर्च ५० अरब डलर भन्दा बढी हुनेछ। हंगकंगमा अहिले करीब २७०,००० कामदारहरू निर्माण क्षेत्र कामदारको रूपमा दर्ता भएका छन्। जसमध्ये ६० प्रतिशत भन्दा बढी कामदारहरू अदक्ष जनरल लेबरको रूपमा दर्ता भएका छन्। दक्ष कामदारहरू मध्ये करीब एक तिहार्इको उमेर ५० वर्षमाथि रहेको छ भने जम्मा ६ प्रतिशत मात्र २५ वर्ष वा सो भन्दा कमका रहेका छन्।

 

सरकारले आगामी आर्थिक वर्षदेखि कन्स्ट्रक्सन इन्डस्ट्री काउन्सिल र हंगकंग कन्स्ट्रक्सन एसोसियसनसंग सहकार्य गरी निर्माण क्षेत्रका कामदारहरूको सीप अभिवृद्दि गर्न योजनाहरू कार्यान्वयन गर्नेछ। यसका लागि निर्माण क्षेत्रमा सीप विकास गर्नको लागि मासिक ५००० डलर प्रशिक्षार्थी भत्ता उपलब्ध गराउनेछ र प्रशिक्षण लिइसकेपछि सरकारी कार्यक्रममा सहभागी रोजगारदाताहरूले उनीहरूलार्इ ८००० डलर बराबरको तलबमा रोजगार दिनेछन्। ६ महिनासम्म सोही ट्रेडमा काम गरेमा उक्त कामदारको तलब १०,००० डलर वा सो भन्दा बढी बनाइनेछ।

त्यसै गरी निर्माण क्षेत्रमा हाल काम गरिरहेका तर निर्माण क्षेत्र सम्बन्धी कुनै पनि सीप हासिल नगरेका कामदारहरूको ट्रेड टेस्टिंगको लागि सरकारले प्रति कामदार ५०० डलरसम्मको ट्रेड टेस्टिंग फिस प्रदान गर्नेछ।

सरकारले तत्काललार्इ विदेशबाट दक्ष कामदार आयात गर्ने योजना भने नरहेको बताइन्। तर भविष्यमा दक्ष जनशक्ति अभाव भएमा त्यो सम्भावना हुन सक्ने कुरा पनि सचिव लामले बताइन्।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)