२४ फेबु्रुअरी २०१०
हङकङ सरकारको आवास विभागले गत जनवरी महिना देखि हङकङमा रहेका पुराना भवनहरुको छानविन गरेको थियो। छानबिन अनुसार हङकङमा ४ हजार पुराना भवनहरु भएको संख्या सार्वजनिक गरेको थियो। त्यस मध्ये २९३३ भवनहरु ५० बर्ष भन्दा पुराना भएको पनि जनाएको थियो। सोही भवनहरुमा थप छानबिन गर्दा ६८० पुराना भवनहरु अविलम्ब मरम्मत गरिनु पर्ने भन्दै सम्बन्धित भवनका मालिक तथा कम्पनीहरुलाई आवास विभागले हिजो निर्देशन दिएको छ।
हङकङमा गत महिना २९ जनवरी २०१० का दिन मध्यान्ह टुक्कावान स्थित करीब ५० बर्ष पुरानो ५ तल्ले भवन ढल्दा ४ जना मानिसको ज्यान गएको थियो। उक्त भवन ढले पश्चात हङकङ सरकारको आवास विभागले हङकङमा रहेका पुराना भवनहरुको छानविन सुरु गरेको थियो। हङकङको विभिन्न स्थानमा हङकङ सरकारको आवास विभागको नियम भन्दा फरक ढडगले निर्माण गरिएका भवनहरु थुप्रै रहेको उक्त विभागले जनाएको छ। आगामी बर्ष सरकारले आवास सम्बन्धी नियमलाई परिमार्जन गर्दै थप कडा गरिने तयारी भइरहकेा पनि विभागले जनाएको छ।


















