HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार हंङकंङमा ६० औं प्रजातन्त्र दिवस मनाइयो

हंङकंङमा ६० औं प्रजातन्त्र दिवस मनाइयो

E-mail Print PDF
AddThis Social Bookmark Button
२३ फेब्रुअरी २०१० 

हंङकंङको जोर्डन स्थित काठमाण्डौं क्लवमा नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा ६० औं प्रजातन्त्र दिवस एक कार्यक्रमका बीच सम्पन्न भयो। जनसम्पर्क समिति हङकङले हरेक बर्ष फाल्गुण ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउदै आएको छ। बि स। २००७ साल फाल्गुण ७ गते राणा शासनको पतन र देशमा प्रजातन्त्रको विजारोपण भएको र नेपाली जनताको विजय भएको दिन भन्दै उक्त दिनलाई नेपाल सरकार र प्रजातन्त्रवादीहरुले अहिले पनि प्रजातन्त्र दिवसका रुपमा भव्यरुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउदै आएका छन। 

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए। मन्तव्य दिने क्रममा बरिष्ठ प्रजातन्त्रवादी नेता राजमान गुरुङ, भू पू अध्यक्ष कुल प्रसाद गुरुङ, वकिल एकनारायण शर्मा, भू पू सैनिक संघका अध्यक्ष हेम तामाङ लगायतले प्रजातन्त्रको बारेमा प्रकाश पारेका थिए। 

उक्त कार्यक्रमको सभापतित्व समितिका सभापत्ति इश्वर खाणले गरेका थिए भने संचालन सह महामन्त्री प्रेम कुमार राईले गरेका थिए। उपस्थित सम्पूर्ण महानुभावहरुलाई समतिका उपसभापत्ति रक्षा गुरुङले आफनो मन्तव्य सहित स्वागत गरेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)