HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार हङकङमा न्यूनतम तलवको नियम लागु गरिएमा वेरोजगारीको संख्या बढ्ने

हङकङमा न्यूनतम तलवको नियम लागु गरिएमा वेरोजगारीको संख्या बढ्ने

E-mail Print PDF
AddThis Social Bookmark Button
२२ फेब्रुअरी २०१०

हङकङ सरकारको तथ्याडक विभागले गरेको एक सर्वेक्षण अनुसार हङकङमा न्यूनतम तलवमानको व्यवस्था गरेमा निश्चित समुहलाई मात्रा फाईदा पुग्ने र तमाम नागरिक वेरोजगार हुन सक्ने जनाएको छ। हङकङ स्थित च्याम्बर्स अफ कमर्सले एक लाख भन्दा बढी जनता वेरोजगारीको मारमा पर्ने जनाएको छ।
 
न्यूनतम तलवको प्रस्तावित मस्यौदामा यो बर्ष हङकङ सरकारको व्यवस्थासपिका परिषदमा केही महिना पश्चात छलफल हुन लागि रहेको छ। उक्त मस्यौदा पारित भएको खण्डमा न्यूनतम तलव प्रति घण्टा हङकङ डलर ३३ कायम हुनेछ। हङकङमा स्थापित विभिन्न मजदुर युनियनहरुले सन् १९९७ देखि नै हङकङमा न्यूनतम तलवको माग गर्दै आएका छन्।

न्यूनतम तलवको व्यवस्था गरेमा पिजा हट्, मेक्सिम, के एफ सी, योसिहनिया मेक्डोनालड्स, क्याफे दी कोरल फेयउड, सुरक्षा गार्डमा कार्यरतहरुलाई बढी फाईदा पुग्ने उल्लेख गरिएको छ। अहिले यी क्षेत्रमा कार्यरत कामदारहरुको अनुमानित तलव ९ घण्टाको २६ दिनको ५२०१ दॆखि ६३७८ हङकङ डलर सम्म रहेको छ। जस अनुसार प्रति घण्टा हङकङ डलर १९.७८ सेन्ट देखि २३.७१ सेन्ट रहेको छ।

हङकङका व्यापार व्यवसायीहरुले पनि न्यूनतम तलव कायम गरेमा करीब एक लाख मानिस वेरोजगार हुने जनाएको छ। हङकङको जी डी पी उल्लेख मात्रामा करीब २७ प्रतिशतले वृद्धि भएता पनि सन् २००० देखी २००९ सम्म कामदारहरुको तलवमा खासै वृद्धि भएको देखिन्न।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)