HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार हङकङमा केबलपुरे किसान कविता मेला सम्पन्न

हङकङमा केबलपुरे किसान कविता मेला सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
२१ फेब्रुवरी २०१०, हङकङ

आईतवारको दिन जोर्डन स्थित कंगन रेष्टुरेन्टमा हङकङका कवी र कविताहरु नामक अर्धवार्षिक रुपमा आयोजना हुँदै आइरहेको चौथो श्रिंखला केबलपुरे किसान कविता मेला सम्पन्न भएको छ। बरिस्ठ समालोचक प्राध्यापक डा. गोविन्दराज भट्टराई र भाषाबिद प्रध्यापक डा. टंक न्यौपानेले संयुक्त रुपमा केबलपुरे किसान पुस्तकालयको उद्घघाटन गरेका थिए। कंगन रेष्टुरेन्टका संचालक कमल पौड्याल, जो नेपालका चर्चित कवि केवलपुरे किसानका सुपुत्र हुन्, उनले आफ्ना बुवाको इच्छा अनुसार आफ्ना छोरा छोरीले पनि नेपाली साहित्यमा टेवा पुर्याउन् भन्ने चाहना भएको हुनाले बिदेशमा बसेर भए पनि नेपाली साहित्यलाई धेरै थोरै योगदान पुगोस भन्नाको खातिर पुस्तकालय खोलेको बताए।
 
अनौपचारिक कार्यक्रम भएको हुनाले डा. गोविन्दराज भाट्टराई र डा. टंक न्यौपानेलाई आसनग्रहण गराए पश्चात कार्यक्रमको सुरुवातमा हङकङका कवी तथा कवयित्रीहरुको बिशेष जमघट रहेको कार्यक्रममा आआफ्ना कविता, गजल, गित, मुक्तकहरु वाचन गरेका थिए।
 
कविता वाचन गर्नेहरुमा प्रकाश केसी, प्रकाश रोदुङ, भोगेन एक्ले, इप्सुल मगर, मिन बहादुर थापा मगर, रिता गुरुङ, पिताम्बर राई, किन्दर राई, पवित्रा राई, चन्द्र मादेन, टंक सम्बाहाम्फे, टिका माखिम, कमल पौड्याल, प्रकाश चाङ्छा राई लगायत अन्य धेरै कविहरुले आफ्नो रचना वाचन गरेका थिए भने राजेन्द्र थापा, भुपेन्द्र चेम्जोङ र कल्पना तुम्रोकका कविता रिता गुरुङ र देवराज राईले वाचन गरेका थिए।
 
बरिस्ठ समालोचक प्राध्यापक डा गोविन्दराज भट्टराई र भाषाबिद प्रध्यापक डा टंक न्यौपानेका तर्फ बाट नेपाली साहित्यलाई योग्दान गरे वापत कवि टंक सम्बाहाम्फे, भयवाद साहित्यका प्रवर्तक देश सुब्बा र कमल पौड्याललाई नेपाली ढाका टोपी पहिर्याएर सम्मान गरिएको थियो।
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)