HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार हङकङमा भयवाद बिषयक विमर्श कार्यक्रम सम्पन्न

हङकङमा भयवाद बिषयक विमर्श कार्यक्रम सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
२० फेब्रुबरी, २०१०

 
 
जोर्डन, हङकङ, कंगन रेष्टुरेन्टमा भयवाद अध्ययन केन्द्र हङकङको आयोजनामा भयवाद समन्धी एक विमर्श कार्यक्रम सम्पन्न भएको छ। नेपालबाट आउनु भएका प्राज्ञ प्रा. डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि तथा वक्ता रहनु भएको सो कार्यक्रमको सभापतित्व भयवाद अध्ययन केन्द्र नेपालका अध्यक्ष प्रा. डा. टंक प्रसाद न्यौपानेले गर्नु भएको थियो। कार्यक्रमको संचालन स्वयं भयवादी बिचारक देश सुब्बाले गर्नु भएको थियो।

"भयवाद : एक विमर्श" नाम दिइएको सो कार्यक्रममा देश सुब्बाले स्वागत सहितको मन्तब्यमा भयवादको पृष्ठभुमीको चर्चा गर्दै यसमा आधारीत उपन्यास आदिबासी आइसकेको तथा यसलाई नाटकीकरण गरिने तयारी भएको भन्दै प्रविण कुमार रार्इबाट भयवादी नाटक हेत्छाकुप्पा लेखिसकिएको कुरा बताउनु भयो। आफूले यसको प्रयोग र ब्याख्यालाई अझ फराकिलो पार्न निरन्तर प्रयास जारि राखेको भन्दै यसको प्रभावलाई मनोबिज्ञान र चिकित्सा बिज्ञानमा पनि खोजिएको बताउनु भयो। प्रमुख अतिथि डा. भट्टरार्इले मन्तब्यको क्रममा नेपाली साहित्यमा उदाएका बिभिन्न बाद, आन्दोलन र बिचारहरुको चर्चा गर्दै भयवाद कान्छो भएर पनि महत्वपूर्ण रहेको ब्याख्या गर्नु भयो। बिभिन्न समयमा उदाएका बादहरुमा पाँच ओटा पुर्बबाट उदाएको र यसका सर्जकहरु सबै आदिवासी जनजाति भएको कुरा बताउनु भयो। मोती मण्डली र झर्रोबाद भारतीय भुमीमा जन्मीएको त्यसपछि भयवाद मुलुक बाहिरबाट आएकोले यो नेपाली साहित्यमा ऐतिहासिक महत्वको भएको चर्चा गर्नु भयो। यसका लागि देश सुब्बालाई बधाइ दिदै हङकङका बौद्धिक बर्गहरुले वहालाई सहयोग एबं प्रोत्साहन गर्नु पर्ने धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै भयवादी अध्ययन केन्द्र नेपालका अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्ष डा. टंक प्रसाद न्यौपानेले आफ्नो मन्तब्यमा भयवाद दर्शन भएकोले अन्य बाद तथा आन्दोलनसित यसलाई तुलना गर्न नमिल्ने कुरा बताउनु भयो। भयवाद बिश्व चेतना भएको भन्दै भयवादले भयको निरुपण पनि दिने प्रयास गरेको तर त्यो पुर्ण स्पष्ट नभएकोले यसमा थप ब्याख्याको आबश्यकता भएको कुरा औंल्याउनु भयो। वहाले आफु भयवादको प्रबक्ता नभएको भन्दै भयवादी अध्ययन केन्द्रको अध्यक्षको हैसियतमा यो केन्द्रलाई सकेको सहयोग मात्र गर्ने कुरा बताउनु भयो।

करिब पन्ध्र जना श्रष्टा तथा पत्रकारहरुको उपस्थिति रहेकेा सो कार्यक्रमको अर्को चरणमा अनौपचारिक छलफल पनि भएको थियो। प्रदिप कन्दङ्गवा, राई चन्द्र दुमी, कमल पौडेल र दिनेश सुब्बाले उठाउनु भएको प्रश्नको उत्तर डा.द्धय तथा भयवादी चिन्तक देश सुब्बाले दिनुभएको थियो। 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)