HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार दुर्लुङ समाज हङकङले ल्होसारको उपलक्ष्यमा आफ्नो १२ औं वार्षिक उत्सव तथा भेटघाट कार्यक्रम मनायो

दुर्लुङ समाज हङकङले ल्होसारको उपलक्ष्यमा आफ्नो १२ औं वार्षिक उत्सव तथा भेटघाट कार्यक्रम मनायो

E-mail Print PDF
AddThis Social Bookmark Button
हङकङनेपाली संवाददाता 

 
गत १५ फेब्रुअरी आईतबार दुर्लुङ समाज हङकङले गुरुङ ल्होसार को उपलक्ष्यमा आफ्नो १२ औं वार्षिक उत्सव तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। जोर्डनको ईन्डिया क्लबमा बेलुकी ७ बजे देखि रातको २ बजेसम्म भएको कार्यक्रममा शुभकामना आदनप्रदान विशेष व्यक्तित्वहरुलाई अभिन्नदन लटेरी खेल रात्रीभोज र डिजे डान्स गरिएको थियो।

संस्थाका अध्यक्ष तथा टप माउन्टेन तेक्वान्दो डोजाङका समेत संस्थापक र अध्यक्ष गणेश बहादुर गुरुङको अध्यक्षता रहेको औपचारिक चरणको प्रमुख आतिथि समाजका वयोबृद्ध सदस्य लच्छिन बहादुर गुरुङ थिए। कार्यक्रमको संचालन समाजका सल्लाहकार कुमार गुरुङ जीत ले गरेका थिए भने उपाध्यक्ष कुलराज गुरुङले स्वागत भाषण गरेका थिए।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुले मन्तव्य दिएका थिए। मन्तव्य दिनेहरुमा सँस्थाका सल्लाहकारहरु र संस्थाको ज्वाईंहरुका तर्फबाट अशोक कुमार गुरुङ र शान्त कुमार गुरुङ थिए।

कार्यक्रममा समाजका विभिन्न चार विशेष व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष मास्टर गणेश बहादुर गुरुङलाई हङकङमा टप माउन्टेन तेक्वान्दो डोजाङ स्थापना गरी सफलतापूर्वक संचालन गरिरहेकोमा, अबिना गुरुङले युनिभर्सिटी अफ हडरस्फिल्ड कारिटास फ्रान्सिस कलेजबाट बिजनेस एण्ड एडमिनिस्ट्रेसनमा ब्याचेलर ग्र्याजुयेट गरेकोमा, प्रमीला गुरुङले सन २००७ मा काठमाडौंको नाथम कलेजबाट होटेल म्यानेजमेन्टमा ग्र्याजुयेट गरी काठमाडौं ईन्टरनेसनल कलेज र ईन्टेन्सीभ कलेजमा एक वर्षसम्म लेक्चरर को रुपमा काम गरेकोमा र प्रवेश गुरुङलाई काठमाडौंको सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट बाट २००९ मा ग्र्याजुयेट गरेकोमा अभिनन्दन गरिएको थियो।

त्यसै गरी बाघ वर्गको ल्होसार भएकोले, ६ जना बाघ वर्गका व्यक्तिहरुलाई पनि खादा लगाई अभिनन्दन गरिएको थियो।

रात्रीभोज पछि कार्यक्रमको अन्तिममा डिजे डान्स पनि गरिएको थियो। डिजे डान्स कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरु जितु नेपाल (मुन्द्रे), मदन केसी, किरण केसी पनि भाग लिएका थिए। कार्यक्रम रातको २ बजे सम्म चलेको थियो।
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)